टाटाले ल्यायो दशैं स्कीम

काठमाडौं । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले कमर्सियल गाडीमा दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दशैँमा द–सहि अफर’ नामक स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको स्कीममा टाटाका प्रत्येक कमर्शियल गाडीको खरिदमा उपहार पाउन सकिने कम्पनीले जनाएको छ । टाटाको प्रत्येक ट्रक, मिनी ट्रक, टिपर, मिनी टिपर, बस, मिनिबस, एस, योद्धा, विङ्गर, म्याजिक र इन्ट्रा खरिद गर्ने ग्राहकले टिभी, फ्रिज, वासिङ मेसिन, ओभन, ल्यापटप वा मोवाइल मध्ये एक उपहार छानेर लिन पाउनेछन् ।

गाडी किन्ने ग्राहकको सहजताको लागि चल्तीको ब्याजदरमा ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउँदै आएको कम्पनीले एक्सचेन्ज र रिप्लेसमेन्ट जस्ता सुविधा पनि प्रदान गर्ने जनाएको छ ।

यो वर्ष असोज १० गतेबाट दशैं सुरु हुँदैछ । कम्पनीले एक महिना १० दिनअघि नै दशैं स्कीम बजारमा ल्याएको हो ।


Back_to_top