टाटा ‘एच ५’ अब पेट्रोल इन्जिनमा पनि आउने

काठमाडौं । टाटा मोटर्सको मिडसाइज प्रिमियम एसयूभी ‘एच५’ अब पेट्रोल इन्जिनमा आउने भएको छ । कम्पनीले भारतीय बजारमा ह्यारीयर नामबाट बिक्री गर्दै आएको यो एसयूभी यसअघि डिजेल इन्जिनमा मात्र उपलब्ध रहेको थियो ।

कम्पनीले टाटा नेक्सनको पेट्रोल भेरियन्टमा आएको वृद्धिसँगै एच ५ पनि पेट्रोल इन्जिनमा ल्याउन लागेको बताएको छ ।

‘नेक्सन पेट्रोलको उच्च मागसँगै ह्यारीयर (एच ५) लाई पनि पेट्रोल इन्जिनमा ल्याउन लागेका हौ । अहिले नेक्सनको कुल बिक्रीमा पेट्रोल इन्जिनयुक्त गाडीको हिस्सा ६५ देखि ७० प्रतिशत रहेको छ’, टाटा मोटर्सका चिफ टेक्नोलोजी अफिसर राजेन्द्र पेटकरले भने ।

कम्पनीले यसमा १.५ लिटर टार्बो पेट्रोल इन्जिन दिने जानएको छ । उक्त इन्जिनले १५० बीएच पावर प्रदान गर्ने अनुमान गरिएको छ ।

टाटा एच ५ नेपाली बजारमा गत भदौबाट बिक्री सुरु भएको हो । ल्याण्डरोभरको प्ल्याटर्फममा टाटाले बनाएको पहिलो एसयूभीले जीप कम्पास, किया सेल्टोस जस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको छ ।


Back_to_top