ह्यारियर ईभीमा उच्च आकर्षण, एकैदिनमा १० हजार युनिट बुकिङ

काठमाडौं । टाटाको ह्यारियर ईभीमा उच्च आकर्षण देखिएको छ । बुकिङ खुलाएको पहिलो दिनमै १० हजार बढी युनिट बुकिङ भएको हो ।

कम्पनीले जुलाई २ मा टाटाको अनलाइन प्लेटफर्म र डिलरशिप मार्फत आधिकारिक रूपमा बुकिङ खुलाएको थियो । पहिलो २४ घण्टा भित्र ह्यारियर ईभीले १० हजार युनिट बुकिङ भएको हो ।

टाटा मोटर्सले भारतीय बजारमा ह्यारियर ईभीको फोरह्वील भेरियन्टको सुरूवाती मूल्य २१ लाख ४९ हजार र टप भेरियन्टको ३० लाख २३ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको थियो ।

कम्पनीले हाल टाटाका ईभी प्रयोगकर्तालाई ह्यारियर ईभीमा अपग्रेड हुँदा १ लाख रुपैयाँ बराबरको विशेष सुविधा पनि दिँदैछ ।

टाटाले ह्यारियर ईभीमा ६५ र ७५ किलोवट अवार गरी दुई ब्याट्री अप्सन दिएको छ । भारतीय बजारमा सुरूवाती मूल्य २१ लाख ४९ हजार तोकिएको यो ईभीको अलह्वील ड्राइभमा ४ भेरियन्टमा उपलब्ध रहेको छ ।

केही दिन अघिमात्रै भारत एनक्याबको क्रयासटेस्टमा ५ स्टार रेटिङ पाएको ह्यारियर ईभीको क्वाडह्वील ड्राइभको फ्रन्टमा ११६ किलोवाट र रियरमा १७५ किलोवाटको मोटर दिएको छ । दुई मोटरले संयुक्त रूपमा ३९६ हर्सपावर र ५०४ न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

बुस्ट मोड, ६ थरिको टेरेन मोड, अफरोड असिस्ट मोड जस्ता ड्राइभिङ फिचर रहेको ह्यारियर ईभी जम्मा ६.३ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।

ह्यारियर ईभीलाई फरक देखाउन सिल्ड अपर ग्रिल, कर्भ ईभीको जस्तै क्रोम ट्रिम भएको एयरड्याम, १९ इन्चको ह्वील, फ्रन्ट डोर र टेलगेटमा ह्यारियर ईभीको ब्याजिङ आदि रहेको छ ।

यसको इन्टेरियरमा ड्युल टोन ड्यासबोर्ड, टच बेसको एचभीएसी कन्ट्रोल, फ्लोटिङ टचस्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फोर स्पोक स्टेरिङ ह्वील आदि रहेको छ । प्यानारोमिक सनरुफ, टेरेन मोड, इलेक्ट्रीक पार्किङ ब्रेक लगायत फिचर थपिएको छ ।


Back_to_top