ह्यारियर ईभीको माग उच्च, वेटिङ पिरियड ७ महिना पुग्यो

काठमाडौं । टाटा मोटर्सको सबैभन्दा पछिल्लो उत्पादन ह्यारियर ईभीको माग उच्च देखिएको छ । उत्कृष्ट प्रदर्शन, अब्बल सुरक्षा फिचर र आधुनिक प्रविधिका कारण ह्यारियर ईभी सबैको रोजाइमा परेको हो ।

टाटाले भारतीय बजारमा ह्यारियर ईभी गत जुनमा सार्वजनिक गरेको थियो भने गत जुलाई २ देखि अनलाइन प्लेटफर्म र डिलरशिप मार्फत ह्यारियर ईभीको आधिकारिक रूपमा बुकिङ खुलाएको थियो । जसमा पहिलो २४ घण्टा भित्र १० युनिट बुकिङ भएको थियो ।

ईभी पारखीको रोजाइमा परेकै कारण ह्यारियर ईभीको वेटिङ पिरियड भेरियन्ट अनुसार कम्तीमा साढे ३ महिनादेखि अधिकतम साढे ७ महिनासम्म पुगेको छ ।

ह्यारियर ईभी एड्भेन्चर, फियरलेस र इम्पावर्ड गरी तीन भेरियन्ट उपलब्धमा छ । जसमा एड्भेन्चर ६५ र एड्भेन्चर ६५ एसीएफसी भेरियन्टको वेटिङ पिरियड साढे ७ महिना (२८-३० हप्ता) पुगेको हो । त्यस्तै, एड्भेन्चर एस ६५ र एड्भेन्चर एस ६५ ए एसीएफसी भेरियन्टको वेटिङ पिरियड १८ देखि २१ हप्ता पुगेको छ ।

अल ह्वील ड्राइभ इम्पावर्ड भेरियन्टको पनि किन्न १२ देखि १५ हप्ता कुर्नुपर्ने भएको छ । यस भेरियन्टमा इम्पावर्ड ७५ एसीएफसी, इम्पावर्ड, कत ७५ एसीएफसी, अल ह्वील ७५ एसीएफसीको वेटिङ पिरियड साढे ३ महिना पुगेको हो ।

त्यस्तै, फेयरलेस प्लस ६५, फेयरलेस प्लस ६५ एसीएफसी, फेयरलेस प्लस ७५, फेयरलेस प्लस ७५ एसीएफसी भेरियन्टको वेटिङ पिरियड १८ देखि २१ हप्ता पुगेको छ ।

टाटाले ह्यारियर ईभीमा ६५ र ७५ किलोवट अवार गरी दुई ब्याट्री अप्सन दिएको छ । ह्यारियर ईभी रियर ह्वील ड्राइभ र क्वाड ह्वील ड्राइभ दुवै अप्सनमा उपलब्ध छ । रियर ह्वील ड्राइभ भेरियन्टहरुको २१.४९ लाखदेखि २७.४९ लाख भारतीय रुपैयाँसम्म छ । त्यस्तै, अल ह्वील ड्राइभको मूल्य २८.९९ लाखदेखि ३०.२३ लाख भारतीय रुपैयाँसम्म छ ।

ह्यारियर ईभीको क्वाडह्वील ड्राइभको फ्रन्टमा ११६ किलोवाट र रियरमा १७५ किलोवाटको मोटर दिएको छ । दुई मोटरले संयुक्त रूपमा ३९६ हर्सपावर र ५०४ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । त्यस्तै, रियर ह्वील ड्राइभमा रहेको मोटरले २३८ हर्सपावर र ३१५ न्युटन मिटर टर्क जेनेरेट गर्छ ।

बुस्ट मोड, ६ थरिको टेरेन मोड, अफरोड असिस्ट मोड जस्ता ड्राइभिङ फिचर रहेको ह्यारियर ईभी जम्मा ६.३ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।

ह्यारियर ईभीलाई फरक देखाउन सिल्ड अपर ग्रिल, कर्भ ईभीको जस्तै क्रोम ट्रिम भएको एयरड्याम, १९ इन्चको ह्वील, फ्रन्ट डोर र टेलगेटमा ह्यारियर ईभीको ब्याजिङ आदि रहेको छ ।

यसको इन्टेरियरमा ड्युल टोन ड्यासबोर्ड, टच बेसको एचभीएसी कन्ट्रोल, फ्लोटिङ टचस्क्रीन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फोर स्पोक स्टेरिङ ह्वील आदि रहेको छ । त्यस्तै, प्यानारोमिक सनरुफ, टेरेन मोड, इलेक्ट्रीक पार्किङ ब्रेक लगायत फिचर छ ।


Back_to_top