काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा दुई नयाँ गाडी सार्वजनिक गरेको छ ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जारी नाडा अटो शो २०२५ मा टियागो ईभीको नयाँ ‘एरिजोना ब्लू कलर’ र नयाँ सफारी सार्वजनिक गरेको हो ।
कम्पनीले नाडा अटो शोमा आफ्ना प्रमुख ईभी मोडलहरू कर्भ ईभी, नेक्सन के३ ईभी, पञ्च ईभी र टियागो ईभी प्रदर्शनीमा राखेको छ । यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लुक्स र भविष्यमैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको भनाइ छ ।
त्यस्तै, टाटाको नयाँ सफारीमा एडास, मेमोरी सिट, ड्युल जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम फिचर छन् । यसको मूल्य १ करोड २१ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।

नाडाकै अवसरमा कम्पनीले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ । यसमा सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ निःशुल्क, अटोप्लस इन्स्योरेन्स, निःशुल्क एक्सेसरिज र १ वर्षको भेहिकल ट्याक्स, घरमै निःशुल्क चार्जिङ स्टेसन इन्स्टलेसन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट जडान छन् ।
अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ।
सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेट अनुसारको विकल्प उपलब्ध हुने बताए ।
नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ ।

