नाडामा गाडी किन्दा ७ लाखसम्म नगद छुट, सुनदेखि युरोपसम्म, कुनको अफर कस्तो ?

काठमाडौं । मंगलबार (भदौ ३ गते)देखि सुरु भएको नाडा अटो शोमा सवारी बिक्रेताहरूले आकर्षक अफर ल्याएका छन् ।

ग्राहकलाई आफूतिर आकर्षित गर्न बिक्रेताहरूले नगद छुटदेखि मोबाइल फोन, गरगहना, निःशुल्क सडक कर, बीमा, इम्बोस्ड नम्बर जडान, टुर प्याकेज लगायतका अफर ल्याएका छन् ।

नाडा अटो शोमा गत साउनमा सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा जस्तो तीव्र प्राइस वार नदेखिए पनि बिक्रेताहरूले आकर्षक अफर भने ल्याएका छन् । नाइममा एउटै गाडीमा २० लाख रुपैयाँसम्म छुट दिइएको थियो ।

अटो शो गाडी बिक्रेता र क्रेता दुवैका लागि अवसर हो । बिक्रेताले आफ्नो स्टक तथा नयाँ गाडीको बिक्री बढाउने छन् भने क्रेताले आकर्षक मूल्यमा गाडी किन्न पाउने छन् ।

नाडामा कुनको अफर कस्तो ?

नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नाडामा सार्वजनिक गरेको नयाँ कार नामी भिगाे मा १ लाख रुपैयाँ छुट दिएको छ । नाडा अटो शोमा दुई भेरियन्टमा सार्वजनिक गरेको नामी भिगाे ई-२ ३७ लाख ९९ हजार रुपैयाँ र ई-२ प्लसको मूल्य ४० लाख ९९ हजार रुपैयाँमा किन्न सकिने जनाएको छ । नामी भिगाे ई-२ को वास्तविक मूल्य ३८ लाख ९९ हजारर ई-२ प्लसको ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, फोटोन र सोकोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमशिर्यलले टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएम वान र सोकोन ईभी भ्यानमा विशेष अफर ल्याएको छ ।

कम्पनीले टीएम वानमा ६ लाख ७५ हजार रुपैयाँ छुट दिएको छ । हाल ३३ लाख ७४ हजार रुपैयाँमा बिक्री भइरहेको टीएम वान नाडामा २६ लाख ९९ हजार रुपैयाँमै किन्न पाइने छ ।

त्यस्तै, फोटोन माउन्टेन ईभी, फोटोन टीएम वान वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको बीमा, क्यासलेस इन्स्योरेन्स ग्यारेन्टी पाउने छन् । साथै, खरिदप्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहने छ ।

यी संयुक्त अफरहरू बाहेक हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। फोटोन टुनल्यान्ड पिकअप किन्नेलाई ट्राङक्विलिटीस्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँसम्मको शपिङ कुपन, ३ वर्षसम्म पाट्र्स सहितको प्रिभेन्टिभमेनटेनेन्स सर्भिस सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा सुविधा पाउने छन् । त्यस्तै, माउन्टेन ईभी भ्यान खरिदमा ५५ इन्च स्मार्ट टीभी, पाट्र्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज पाउने छन् ।

एलआरआर मोटर्सले नाडा अटोमा सार्वजनिक गरेको जिली ईएक्स-फाइभ बुकिङ गर्ने ग्राहकलाई भारी नगद छुट दिएको छ । कम्पनीले दुई भेरियन्टमा सार्वजनिक गरेको जिली ईएक्स(फाइभ प्रो भेरियन्टमा ३ लाख र म्याक्स भेरियन्टमा ४ लाख रुपैयाँ छुट दिएको छ । अटो शोमा प्रो किन्नेले ५४ लाख ९९ हजार रुपैयाँ र म्याक्स किन्नेले ६४ लाख ९९ हजार रुपैयाँमै पाउँछन् । नगद छुटका अलावा कम्पनीले दुवै भेरियन्टमा एक थान आइफोन १६ प्रो म्याक्स र एक तोला सुन प्रदान गर्नेछ ।

त्यस्तै, एलआरआरले जेवाई एयरमा ३ लाख छुट दिएको छ । ६८ लाख मूल्य रहेको जेवाई एयर अल्ट्रा नाडामा ६४ लाख ९९ हजार रुपैयाँमा दिएको छ ।

त्यसैगरी, नेपालका लागि रिडाराको आधिकारिक बिक्रेता सीजी मोटर्सले रिडारा आरडी सिक्स इलेक्ट्रिक पिकअपमा पनि नगद छुट दिएको छ । कम्पनीले रिडारा आरडी सिक्सको टु ह्विल ड्राइभ अप्सन र फोरह्विल ड्राइभ दुवैमा २ लाख रुपैयाँसम्म छुट दिएको छ ।

रिडारा फोरह्विल ड्राइभको तीन भेरियन्ट उपलब्ध छ। जसमा बेस अप्सन २ लाख छुटपछि ७७ लाख ९९ हजार रुपैयाँमा किन्न सकिने छ । साथै, एक्सचेन्ज अफर अन्तर्गत ३ लाख रुपैयाँ डिस्काउन्ट लिई ७४ लाख ९९ हजार रुपैयाँमा किन्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले रिडारा आरडी सिक्सको टु ह्विल ड्राइभ अप्सनमा ३ लाख रुपैयाँ डिस्काउन्ट दिएको छ । ६६ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको रिडारा आरडी सिक्सको टु ह्विल ड्राइभ अप्सन ६३ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिने छ । यसमा पनि ३ लाख रुपैयाँ एक्सचेन्ज बोनस पाइने छ । साथै, कम्पनीले यसमा ६.६ किलोवाटको चार्जर ३.३ किलोवाटको चार्जर, एक वर्षको अटो प्लस इन्स्योरेन्स र एक वर्षको रोड ट्याक्स छुट दिएको छ ।९.९९ लाख रुपैयाँ डाउन पेमेन्टमै किन्न सकिने छ ।

त्यस्तै, सीजीले एक्स्पेङ जी-६ मा पनि ४ लाख रुपैयाँ नगद छुट दिइएको जनाएको छ।

स्काइवेलको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले पनि नाडामा गाडी बुकिङ गर्दा परिवारै युरोप घुम्न जान पाइने अफर ल्याएको छ । नाडा अटो शो अवधि स्काइवेलको स्टल एच १२ मा भिजिट गरी स्काइवेलका गाडीहरू बुकिङ गर्दा सपरिवारले युरोपको टुर प्याकेज पाउने छन् । साथै, ग्राहकले युरोपमा स्काइवेल टेस्ट ड्राइभ गर्ने अवसर समेत पाउने छन् ।

साथै, गाडी बुकिङ गर्ने हरेक ग्राहकलाई ‘डाइमन्ड न्याकलेस’ प्रदान गरिने छ भने भाग्यशाली ग्राहकले रोलेक्स घडी पाउने कम्पनीले जनाएको छ । ग्राहकले थप आकर्षक बोनस, ८० प्रतिशतसम्म फाइनान्स सुविधा र १ वर्षको कर कम्पनीले नै तिरिदिने छ ।

नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट पाउने छन् । साथै, १ वर्षको सवारी बीमा, ६ वर्षको लागि निःशुल्क पीएमएस पाट्र्स, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस र एसेसरिजहरू पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीले नाडा अटो शो २०२५ लाई लक्षित गर्दै स्क्र्याच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको छुट दिने भएको छ । १० जना भाग्यशाली ग्राहकले १र१ तोला सुन जित्न सक्ने छन् । कम्पनीले अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध गराएको छ । यसमा केही शर्तहरू लागू हुनेछ ।

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडामा आकर्षक अफर ल्याएको छ । कम्पनीले टाटाका ईभी किन्दा चार्जिङ नेटवर्कमा लाइफ टाइम चार्जिङ फ्री, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क एक्सेसरिज, १ वर्षको भेइकल ट्याक्स, घरमै निःशुल्क चार्जिङ स्टेसन इन्स्टलेसन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट जडान गरिदिने भएको छ ।

नाडा अटो शोमा नेपाल भित्रिएको नयाँ ब्राण्ड जिनपेङले ५ लाख रुपैयाँ छुट दिएको छ । ठाकुर मोटर्सले २३ लाख ४९ हजार र २४ लाख ९९ हजार रुपैयाँ वास्तविक मूल्य रहेको जिनपेङ नाडामा १९ लाख ९९ हजार र १८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ ।


Back_to_top