अटो शोमा टाटाका ५०० कार बुकिङ

tiago emi

काठमाडौं । टाटाका ५०० भन्दा बढी कार बुकिङ भएको कम्पनीले जनाएको छ । कम्पनीले ६ दिनसम्म चलेको नाडा अटो शोमा उक्त संख्यामा बुकिङ लिएको विज्ञप्ती जारी गरेरै जानकारी दिएको हो ।

टाटा मोर्टसको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो ईभी, टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट बुकिङ पाएको जनाएको छ ।

टाटा टियागो ईभी २१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको कम्पनीले निकै राम्रो बुकिङ पाएको हो ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले ५०० भन्दा धेरै गाडी बुकिङ भएको बताएका छन् ।

‘नाडा अटो शोमा ग्राहक र अवलोकनकर्ताले देखाउनु भएको उत्साहले हामीमा थप उर्जा पैदा भएको छ । जसरी टाटाका ईभीमा उहाँहरुले विश्वास गरेर बुकिङ गर्नु भएको छ, त्यसलाई हामीले जनचाहना अनुसारको गाडी ल्याउन सफल भएको महसुस गरेका छौं’, सिजापतिले भने ।


Back_to_top