भारतीय बजारमा सब कम्प्याक एसयूभीको बिक्री निकै आक्रमक रुपमा बढी रहेको छ । उसो त नेपाली बजारमा पनि सब कम्प्याक एसयूभीको बिक्री निकै राम्रो रहेको छ ।
भारतीय बजारमा २०१९ को जनवरी महिनालाई आधार मान्ने हो भन्ने मारुती सुजुकी भिटारा ब्रेजाले यो सेग्मेन्टमा निकै ठूलो अन्तरले अग्रता कायम गरेको छ । दोस्रो स्थानको लागि टाटा नेक्सन र फोर्ड इकोस्पोर्टबीच निकै कडा प्रतिस्पर्धा रहँदै आएको छ । दोस्रो स्थानको लडाईमा यसपटक टाटा नेक्सनले राम्रै मार्जिनले इकोस्पोर्टलाई उछिनेको छ ।
जनवरीमा टाटा नेक्सन इको स्पोर्टभन्दा ५८५ यूनिट बढी बिक्री भएको छ । साथै चौथो स्थानमा होन्डाको कम्प्याक क्रसओभर डब्ल्यूआर-भी पर्दा पाँचौ स्थानमा महिन्द्रा टियूभी ३०० परेको छ ।
जनवरीमा मारुतीले आफ्नो लोकप्रिय सब कम्प्याक एसयूभी भिटारा ब्रेजा १३ हजार १७२ यूनिट बिक्री गर्दा टाटाले नेक्सनको बिक्री ५ हजार ९५ युनिट गरेको छ भने फोर्डको इकोस्पोर्ट ४ हजार ५१० युनिट बिक्री भएको छ ।
त्यसैगरी होन्डा डब्ल्यूआर–भीको बिक्री ३ हजार ३९३ युनिट हुँदा पौचौ स्थानमा रहेको महिन्द्राको टियूभी ३०० को बिक्री १ हजार ५०६ युनिट रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
याे सेग्मेनटभन्दा माथि रहेको क्रेटाको बिक्री भने जनवरीमा १० हजार ३१४ युनिट भएको थियो ।


