यी हुन् गाडी चालकले जान्नै पर्ने ४ कुरा

काठमाडौं । गाडीको आयु चालकमा धेरै हदसम्म निर्भर रहन्छ । चालकले गर्ने सानो तिनो गल्तिले  धेरै ठूलो आर्थिक नोक्सानी हुन सक्छ । त्यसैले कुनै पनि चालकले निश्चित कुरा थाहा पाउने हो भने सामान्य कुरामा सावधानी अपनाउदा पनि आर्थिक नोक्सानी र दुर्घटनाबाट बच्न सकिन्छ । 

यस्ता सावधानीले गाडीको आयु बढाउनुका साथै तपाईकोे अनावश्यक खर्चसमेत कम गर्नेछ । 

१. प्रायः चालकले गाडीको टायरमा कति प्रेशर रहेको छ त्यसको बारेमा जानकारी राख्दैनन् । यसले गर्दा इन्धन खपत बढाउनुको साथै कारको ड्राइभिङ क्षमतामा समेत प्रभावित पार्नेछ । जसका कारण दुर्घटना पनि निम्तिन सक्छ । यस्तो अवस्थाबाट बच्नका लागि समय–समयमा टायरको निरिक्षण गरिरहनु पर्छ । 

२. अचानक ब्रेक लगाउने वा गति बढाउने गर्दा कारमा समस्या उत्पन्न हुन सक्छ । यसो गर्दा गियरबक्स र इन्जिनमा समस्या सृजना हुने गर्छ । ब्रेक प्याड र ब्रेक डिक्स छिटै विग्रने र आर्थिक नोक्सानी हुने संभावना धेरै हुन्छ । यस बाहेक दुर्घटना पनि हुन सक्छ । 

३. कयौँ चालक एक्सिलेरेटर थिचेरै गियर परिर्वतन गर्छन् । यसो गर्नु दुर्घटना निम्त्याउनु हो । त्यसैले पहिला एक्सिलेरेटर छाडेर गियर परिर्वतन गर्नुपर्छ । 

४. कारको ड्याश बोर्डमा देखिने बिभिन्न संकेतहरुलाई राम्रोसँग हेर्नुपर्छ । कुनै प्रकारको सिम्बोल देखिएको छ भने त्यसको निक्र्यौल गरेर मात्रै गाडी गुडाउनु पर्छ । यसो गर्दा तपाई हुनसक्ने संभावित दुर्घटनाबाट बच्न सक्नुहुन्छ भने आर्थिक रुपले हुने नोक्सानीबाट समेत बच्न सक्नुहुन्छ ।  


Back_to_top