काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आज जेठ १ गतेदेखि प्रि(बजेट एक्सचेन्ज फेस्ट आयोजना गरेको छ । कक्पनीले ल्याएको यस आयोजना जेठ ४ सम्म संचालन हुनेछ ।
यस स्कीममा गाडी किन्न चाहने मानिसले कुनै पनि ब्रान्डको पुरानो गाडी दिएर टाटाको नयाँ इलेक्ट्रीक गाडी साट्न सक्नेछन् । यसबाट जीवनभर निःशुल्क गाडी चार्जिङ सुविधा पाउने छन् ।
सिप्रदीले यस स्कीममा आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरीज र ८० प्रतिशतसम्म कर्जा सुविधा पाउने छन् । जसले इलेक्ट्रीक गाडी किन्ने प्रक्रिया अझै सजिलो बनाउने विश्वास कम्पनीले लिएको छ ।
टाटा टियागो, कर्भ, पन्च, र नेक्सन के३ ईभी जस्ता लोकप्रिय इलेक्ट्रीक मोडेलहरूमा अफर उपलब्ध हुनेछ ।
अतिरिक्त फाइदाको रूपमा ग्राहकहरूले निःशुल्क चार्जिङ बक्स र त्यसको जडान सुविधा पाउनेछन् । इच्छुक ग्राहकहरूले देशभरमा रहेका सिप्रदीको आधिकारीक शोरुममा गएर अवलोकन र ईभी गाडीहरु टेस्ट ड्राइभ गर्न सक्नेछन् ।