तिहार अगाडि नै नेक्सनभन्दा सस्तो इलेक्ट्रीक एसयूभी ल्याउँदै टाटा

काठमाडौं । भारतीय अटोमोवाइल जाइन्ट टाटाले तिहार अगाडि नै नयाँ इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले आफ्नो सफल माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सन तिहार अगाडि नै बजारमा ल्याउन लागेको मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् ।

अहिले भारतका विभिन्न किसिमका सडकमा यसको परिक्षण चलिरहेको छ । कम्पनीले यसको लगभग सबै परिक्षण पुरा गरेको र आगामी अक्टोबर महिनामा बजारमा ल्याउने बताइएको छ । टाटा नेक्सनभन्दा कम मूल्यमा आउने पन्च ईभी आगामी चाडपर्वको समयमा बजारमा आउने छ ।

नयाँ आउन लागेको पन्च ईभीको टप भेरियन्टमा धेरै फिचर नेक्सन ईभी फेसलिफ्टबाट लिइने दावी गरिएको छ । टाटा नेक्सन फेसलिफ्ट भारतमा बिक्री सुरु भइसकेको छ । यसको पेट्रोलियम र इलेक्ट्रीक दुबै भर्सनको फेसलिफ्ट भएको हो । त्यसैले यसअघिको तुलनामा नयाँ नेक्सन आधुनिक फिचरसहित आउने छ ।

नेक्सनमा रहेको गियर सेलेक्टर, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, टु स्पोक स्टेरिङ ह्वील जस्ता फिचर पन्च ईभीमा रहने विश्वास गरिएको छ । त्यति मात्रै नभएर पन्च ईभीमा ३६० डिग्री क्यामेरा, ड्यासक्याम जस्ता सुविधा उपलब्ध हुनेछन् ।

यसको साइज लगायतका अधिकांश एक्स्टेरियर पेट्रोलबाट चल्ने पन्च जस्तै भएपनि अलोय ह्वील निकै एरोडाइनामिक बनाइएको देखिन्छ । यसमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर ह्यूमिनिटी लाइन, स्क्वायर ह्वील आर्क, बाक्लो बडी क्लाडिङ, ९० डिग्रीमा खुल्ने सडक, रुफरेल दिइएको देखिन्छ । यसको दुबै चक्कामा डिस्क ब्रेक रहने छ ।

टाटाले पन्च ईभीमा टु स्पोक स्टेरिङ ह्वील दिइने छ । यसमा इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, पुस बटम स्टार्ट/स्टप, अटोमेटीक क्लाइमेट कन्ट्रोल, लेदर र्याप स्टेरिङ ह्वील, अटो फोल्ड ओआरभीएमको साथै, भ्वाइस कमान्ड फिचर, टच एसी कन्ट्रोल जस्ता फिचर यसमा रहने छ ।

यसमा रहने ब्याट्री र मोटरको विषयमा कम्पनीले अहिलेसम्म आधिकारीक जानकारी दिएको छैन । तर, यसलाई सहरी क्षेत्रमा २५० किलोमिटरसम्म चलाउन मिल्नेगरी ल्याउन लागेको रिपोर्टहरु बाहिर आएका छन् ।

टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोमा पेट्रोलबाट चल्ने पन्च माइक्रो एसयूभी नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले फेसलिफ्ट नेक्सन पनि चाँडै बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top