पन्च ईभीको परीक्षण सुरु, अर्को महिनाबाट उत्पादन सुरु हुने

काठमाडौं । टाटाले आफ्नो माइक्रो एसयूभी पन्चको इलेक्ट्रीक भर्सनलाई सडकमा परीक्षण सुरु गरेको छ । कम्पनीले भारतमा २ लाख यूनिट पन्च माइक्रो एसयूभीको उत्पादन पुरा गरेसँगै ईभी भर्सनको सडक परीक्षण सुरु गरेको हो ।

टाटा पन्च टाटाको चौथो ईभी मोडलको रुपमा बजारमा आउने अनुमान गरिएको छ । कम्पनीले यसअघि नेक्सन, टिगोर तथा टियागोलाई इलेक्ट्रीक मोडलमा ल्याइसकेको छ ।

भारतीय मिडियामा प्रकाशित पन्च ईभीको तस्बीरमा यस रहने फिचरहरु समेत बाहिर आएका छन् । पन्च ईभीको चारैवटा चक्कामा डिस ब्रेक देख्न सकिन्छ । नेक्सन ईभीमा जस्तै रोटरी गियर सेलेक्टर, बटमबाट प्रयोग गर्न मिल्ने पार्किङ ब्रेक यसमा रहनेछ ।

टाटाले पन्च माइक्रो एसयूभीमा पनि लिक्वीड कुल्ड ब्याट्री सहितको जीपट्रोन पावरट्रेन प्रयोग गर्ने छ । टाटा पन्च ईभी टिगोर ईभी हाराहारीको मोडल भएको कारण यसमा ब्याट्री र मोटर लगभग समान रहने अनुमान गर्न सकिन्छ ।

विभिन्न रिपोर्टहरुले दावी गरेअनुसार काम हुने हो भने आगामी जुन महिनाबाट यसको उत्पादन सुरु हुनेछ । सम्भवत आगामी सेप्टेम्बर महिनाबाट कम्पनीले यसको बिक्री थाल्ने छ ।

टाटा पन्चको पेट्रोल भर्सन अझै नेपाल आउन सकेको छैन । बजारमा देखिएको तरलता अभावको कारण मानिसमा गाडी किन्ने मनोविज्ञान समेत सकारात्मक बन्न नसकेको कारण नै आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले पन्च नेपालमा विक्री सुरु नगरेको बताइन्छ ।


Back_to_top