तीन वर्षभित्र ७ नयाँ ईभी नेपालमा बिक्री सुरू गर्छौं : विवेक श्रीभात्साको अन्तर्वार्ता

काठमडौं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा नेक्सन ईभी म्याक्स लन्च गर्ने अवसर पारेर टाटा मोटर्स प्यासेन्जर कार यूनिट हेडदेखि पब्लिक रिलेसन हेर्ने टिमसम्म नेपाल आएको थियो । नेपाली बजारमा टाटा मोटर्सकाे प्यासेन्जर कार पहिलो बनेको अवसर पारेर नेपाल आएका  टाटा प्यासेन्जर इलेक्ट्रीक मोबिलिटी यूनिटका  मार्केटिङ, सेल्स एण्ड सर्भिस स्ट्रयाटेजी हेड,  विवेक श्रीभात्सासँग मेरोअटोले गरेको कुराकानीको सम्पादीत अंश :

टाटाले छोटो समयमै ‘ब्याक टु ब्याक’ नयाँ ईभी बजारमा ल्याइरहेको छ । यसको पछाडि टाटाको कस्तो रणनीति रह्यो ?

टाटाले ईभी ल्याएको विषयलाई धेरैले फरक कोणबाट हेरेको पाइन्छ । हामीले भने सन् २०१६ मा टियागो पेट्रोल लन्च गरेसँगै ईभीमा काम थालेका हौं । तपाईंलाई पनि थाहा नै छ अटोमोबाइल प्रोडक्टहरू लामो योजना बनाएर मात्रै विकास हुन्छ । टाटा मोटर्सले २०१४/१५ तिरै नयाँ योजनाका साथ काम गर्न नसक्ने हो भने ‘ग्रोथ’ रोकिने आंकलन गरेकाे थियाे । त्यही समयमा इप्याक्ट डिजाइन अन्तर्गत नयाँ डिजाइन ल्याङ्वेज विकास गरेका थियौं ।

नयाँ इम्प्याक्ट डिजाइनमा टियागो, टिगोर र नेक्सन जस्ता प्रोडक्ट बजारमा आए । यी उत्पादनले भारतमा मात्रै होइन नेपालमा पनि राम्रो सफलता पायो । त्योसँगै हरेक वर्ष एउटा मोडल बजारमा ल्याउने हाम्रो योजना तयार भयो । बजारको मागलाई बुझेर हामीले अल्ट्रोज, एच फाइभ र सफारी जस्ता मोडल ल्यायौं । पछिल्लो पटक आएको पन्च एसयूभीले त पूरै बजारमा हाम्रो स्थान परिवर्तन गरेको छ ।

हामीले ल्याएको ईभी ‘वाइ चान्स’ आएको हो कि ? भन्ने धेरैलाई लाग्दा, त्यसो होइन । यो लामो योजना अनुरूप आएको हो । सन् २०१४ अघि हाम्रो लाइनअपमा १० वटा मोडल थिए । तर, बिक्री भोलुम राम्रो थिएन । अहिले हामीसँग ७ वटा मात्रै मोडल छ, तर बिक्री संख्या ८ गुणाले बढेको छ । हाम्रो उत्पादन १० हजारबाट मासिक ५० हजार हाराहारी पुगेको छ ।

अहिले अरू धेरै प्रोडक्टहरू कन्सेप्ट लेबलमा परीक्षण भए पनि ईभी मासमार्केट भेहिकल भइसकेको छ । त्यसले टाटाको मुख्य ध्यान डिजेल, पेट्रोल, सीएनजी र ईभीमा मात्र छ ।

पहिलो इप्याक्ट डिजाइनको टियागो, टिगोर, नेक्सन र हेक्सापछि दोस्रो फेजको इप्याक्ट डिजाइ २.० अन्तर्गत एचफाइभ, सफारी, अट्रोज, पन्च जस्ता प्रोडक्ट विकास भए । हाम्रो प्रोडक्टमा नेक्सन र पन्च फाइभ स्टार सेफ्टी रेटेड छन् । इन्ट्री लेबल कारहरू टियागो र टिगार पनि ग्लोबल एनक्यापमा ४ स्टार रेटेड छन् । हाम्रा कारहरू इन्जिनीयरिङमा उत्कृष्ट रहेको प्रमाण हो यो । जसका कारण ग्राहकको रोजाइमा पर्न सफल भएका हौं ।

टाटाले पहिलो कार डिजल इन्जिनमा बनाएको थियो । डिजेलबाट सुरू भएको प्यासेन्जर कार अहिले पेट्रोल, सीएनजीपछि इलेक्ट्रीकसम्म पाउने भइयो । अहिले विश्व अटोमोबाइल क्षेत्रमा विकास भइरहेको फ्युलसेल कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

हामीले डिजलबाट ईभीसम्मको यात्रा गरिसकेका छौं । नेपाल, भारत जस्तो देशमा डिजल इन्जिनको अहिले पनि औचित्य बाँकी छ । पेट्रोल इन्जिन सयौं वर्षदेखि चलिरहेका छन् । ईभी त भर्खरै सुरूआत भएको न हो । त्यसैले अझै कम्तीमा १०० इलेक्ट्रीक भेहिकलको समय छ । यसमा थुप्रै विकास र विस्तार हुनै बाँकी छ । विश्वमा हाइड्रोजन फ्युलसेल, सोलार टेक्नलोजी लगायत धेरै नयाँ नयाँ टेक्नलोजीको चर्चा भइरहेको छ । तर, व्यावसायिक रूपमा सफल हुने प्रोडक्ट देखिँदैन ।

अहिले अरू धेरै प्रोडक्टहरू कन्सेप्ट लेबलमा परीक्षण भए पनि ईभी मासमार्केट भेहिकल भइसकेको छ । त्यसले टाटाको मुख्य ध्यान डिजेल, पेट्रोल, सीएनजी र ईभीमा मात्र छ ।

बिक्रीका हिसाबले नेपालमा सन् २०२२ मा टाटा मोटर्स पहिलो अटोमोबाइल कम्पनी बन्न सफल भयो । यसको सम्पूर्ण जस नेक्सन ईभीलाई जान्छ । तर, दाबी गरिएको रेन्ज भने ग्राहकले पाउन सकेनन् किन होला ?

नेपाल र भारतका धेरै भूभाग उस्तै छन् । हाम्रा सबै मोडलहरू हिमालयको माइनस ४० डिग्रि चिसोमा समेत परीक्षण गरिएको हुन्छ । हाम्रा उत्पादन सबै किसिमका बाटोको लागि उपयुक्त बनेका हुन्छन् । पहाडी बाटा विशेषगरी ईभीका लागि मित्र र दुष्मन दुवै हुन् । पहाड चढ्दा दुष्मनको भूमिका देखिन्छ किन भने ब्याट्री धेरै खर्च हुन्छ । ओरालो झर्दा मित्रता हुन्छ किन भने रिजेन गर्छ ।

ईभी चलाउने मानिसले उकालेमा रिजेन लेभल १, समथर बाटोमा २ र ओरालोमा ३ लेभलमा राखेर चलाउनु पर्छ ।

यस्ता अनुभव मैले नै गरेको छु । ५० प्रतिशत चार्ज खर्च गरेर चढेको उकालो ओर्लदा उल्टो १० प्रतिशत चार्ज बढेको छ । ईभी चालकले सधँै सम्झिनु पर्ने कुरा के हो भने पहाडबाट लत झर्दा ग्र्याभिटीका कारण तपाईंको ईभीमा रहेको मोटर जेनेरेट बन्छ, त्यसले ब्याट्री रिचार्ज हुन्छ । टाटाले आफ्नो सबै ईभीमा ३ लेबलको रिजेन सिस्टम दिएको छ ।

त्यसैले ईभी चलाउने मानिसले उकालेमा रिजेन लेभल १, समथर बाटोमा २ र ओरालोमा ३ लेभलमा राखेर चलाउनु पर्छ । अहिले करिब २ वर्षदेखि नेक्सन ईभी नेपालमा चलिरहेको छ । हाम्रो जानकारीमा आए अनुसार क्वालिटीमा कुनै समस्या छैन । ब्याट्री पर्फमेन्स समेत उत्कृष्ट छ । चार्जिङ नेटवर्क पनि धेरै स्थानमा बनेको छ ।

नेपालमा गत वर्ष २ हजार हाराहारीमा आइसी इन्जिन तथा ३ हजार भन्दा बढी ईभी आयात भएको छ । यस्तोमा नेपाली ग्राहकले छिटो छिटो ईभी खोज्ने नै भए । तपाईंहरूले अटो एक्स्पो २०२३ मा देखाएका मोडल कहिलेसम्म बजारमा आउँछन् ?

नेपाल यूरोपका एड्भान्स कन्ट्रीहरू स्वीडेन, डेनमार्क, नर्वे जस्ता देशहरूकै हाराहारीमा ईभी स्वीकार गर्ने देश बनेको छ । यसको लागि नेपाल सरकार र नेपालीलाई धन्यवाद दिन चाहन्छु । अटो एक्स्पोमा हामीले देखाएको सेकेन्ड जेनरेनका ईभीहरू कर्भ, एच फाइभ ईभीको साथै थर्ड जेनेरेशन प्रोडक्टहरू सियरा र अभिन्या थिए ।

हाम्रो तेस्रो जेनेरेशनका प्रडक्टहरू प्योर ईभी हुन् भने दोस्रो जेनेरेशका प्रोडक्टहरू ईभी र आइसी दुवै हुन् । हामीले एच फाइफ र कर्भ २०२४ मा लन्च गर्दैछौ । सियरा २०२५ सम्ममा आउनेछ । हामी भारतमा लन्च हुने बित्तिकै सबै उत्पादन नेपालमा समेत लन्च गर्ने छौं ।

टाटाले अब नयाँ आइसी इन्जिनको विकास गरिरहेको छ कि छैन ?

विश्वका धेरै कम्पनीले आइसी इन्जिनमा आर एण्ड डी रोकेता पनि टाटा मोटर्सले आइसी इन्जिन अझै पनि विकास गरिरहेको छ । पछिल्लो अटो एक्स्पोमा पनि हामीले दुई साइजको जीडीआई इन्जिन तथा सीएनजी इन्जिन देखाएका थियौं । टाटाले अझै पनि केही नयाँ आइसी इन्जिन लन्च गर्दैछ ।

नेपालमा नेक्सन ईभी प्राइम एकदमै सफल भयो । भर्खरै लन्च भएको नेक्सन म्याक्समा तपाईंहरूले कस्तो अपेक्षा राख्नुभएको छ ?

अघि नै चर्चा गरिएको विषय, रेन्ज एन्जाइटीको समाधान नेक्सन म्याक्सले गर्नेछ । धेरै ग्राहकलाई रेन्ज दिनदिनै प्रयोगका लागि कति चाहिने हो वास्ता नभएको देखिन्छ । मात्र आफ्नो पिसअफ माइण्डका लागि धेरै रेन्ज खोजिन्छ ।

अटो शोमा देखाए जस्तै नेपाली बजारमा छिट्टै टाटाका अत्याधुनिक फिचर लोडेड ईभीहरू आउनेछन् । आगामी २ वा ३ वर्षमा नेपाली उपभोक्तसँग ७ वटा नयाँ मोडलका ईभीहरू लन्च हुनेछन् ।

यस्तोमा नेक्सन म्याक्समा रेन्ज मात्र नभई फिचर, सेफ्टी, पावर, पफर्मेन्स सबै बढेको छ । यो प्राइमको ठूलो रूप हो, यदि कसैलाई म्याक्स रेन्ज, म्याक्स फिचर तथा म्याक्स पफर्मेन्स चाहिन्छ भने नेक्सन ईभी म्याक्स पर्फेक्ट ईभी हुनेछ ।

तपाईंको विचारमा नेक्सन प्राइम तथा नेक्सन म्याक्सको बजार हिस्सा कस्तो रहने छ  ?

भारतीय बजार हेर्ने हो भने प्राइमभन्दा म्याक्स धेरै बिक्री भइरहेको छ । मेरो विचारमा नेपालमा दैनिक रूपमा लामो लामो दुरीको यात्रा गर्न पर्दैन । तर, पनि फिचर र रेन्जका कारणले म्याक्सले पनि राम्रो बजार हिस्सा पाउँछ । मलाई लाग्छ प्राइम र म्याक्सको बजार हिस्सा ५०/५० प्रतिशत होला कि ।

नेपालको लागि टाटाको तर्फबाट के सन्देश दिन चाहनुहुन्छ ?

अटो शोमा देखाए जस्तै नेपाली बजारमा छिट्टै टाटाका अत्याधुनिक फिचर लोडेड ईभीहरू आउनेछन् । आगामी २ वा ३ वर्षमा नेपाली उपभोक्तसँग ७ वटा नयाँ मोडलका ईभीहरू लन्च हुनेछन् । इन्डियामा जुन सुकै नयाँ इन्जिन आए पनि सबै गाडीहरू नेपालमा चाँडै उपलब्ध हुनेछन् ।

नेपाल टाटाको लागि भारतपछिको सबैभन्दा महत्वपूर्ण बजार हो । हामी नेपाली ग्राहकहरूका लागि नयाँ नयाँ फिचर र टेक्नलोजीका गाडीहरू ल्याउने छौं । नेपालले टाटा मोटर्सप्रति देखाएको सदाशयता सधैँ रहिरहने विश्वास लिएका छौं ।


Back_to_top