टियागो ईभीको मूल्य बढ्ने, अहिले किन्दा कति पर्छ ?

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा टियागोको मूल्य बढाउने भएको छ । कम्पनीले अहिलेको मूल्यमा कति वृद्धि गर्न लागेको हो भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन ।

सिप्रदी ट्रेडिङले भदौ अन्तिममा आयोजना भएको नाडा अटो शो २०२३ बाट बिक्री सुरु गरेको टियागो ईभी सर्वाधिक सफल ह्याचव्याक मोडल हो ।

सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटले ५० किलोवाट क्षमतासम्म भएका विद्युतीय कारमा लाग्दै आएको १० प्रतिशत भन्सारलाई वृद्धि गरेर १५ प्रतिशत बनाएको थियो । त्यसअघि अन्तःशुल्क नलाग्ने सेग्मेन्टमा ५ प्रतिशत अन्तःशुल्क लगाएको छ । यसले कारको मूल्य बढ्ने भएको हो ।

कम्पनीले आफ्नो आधिकारीक शोसल मिडिया पेज मार्फत ‘विट दी प्राइस हाइक’ नारा दिएर तत्काल किन्नेले बजेट अघिकाे मूल्यमा नै टियागो ईभी किन्न पाउने म्यासेज दिइरहेको छ ।

कम्पनीले यो स्कीम लिमिटेड स्टकमा मात्रै लागु हुने जनाएको छ । सिप्रदीले अहिल्यै कति मूल्य बढ्छ भन्ने विषयमा आधिकारक जानकारी दिएको छैन । यद्यपि, १ लाखदेखि २ लाखसम्म मूल्य बढ्न सक्ने आँकलन गरिएको छ ।

यस्तो छ टियागो ईभी

नेपालकै सर्वाधिक सफल इलेक्ट्रीक ह्याचव्याक अहिले तीन भेरियन्टमा उपलब्ध रहेको छ । सुरुमा केही यूनिट सर्ट रेन्ज मोडल पनि उपलब्ध गराएको सिप्रदीले अहिले लङ रेन्ज मोडल मात्रै बिक्री गर्दै आएको छ ।

टियागो ईभीको इन्ट्री भेरियन्टको रुपमा एक्सटी भेरियन्ट उपलब्ध छ । यसको मूल्य २६ लाख ४९ हजार कायम गरेर बिक्री हुँदै आएको हो । त्यस्तै एक्सजेड प्लस भेरियन्टको मूल्य २७ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । अब कम्पनीले यसमा थपेर मूल्य बढाउन लागेको हो ।

टाटा टियागो ईभीमा ४९ किलोवाट आवरको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले ११४ एनएम टर्क प्रदान गर्छ । टाटाले यसमा २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग गरेको छ ।


Back_to_top