लेभनिङ स्कुटरमा १ लाखसम्म छुट

काठमाडौं । दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले नगद छुट स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नगद १ लाखसम्मको छुट घोषणा गरेको हो ।

लेभनिङ इलेक्ट्रीक स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता नेपाल मोटर्सले नगद छुटको स्कीम सार्वजनिक गरेको हो ।

लेभनिङ इलेक्ट्रीक स्कुटर किन्ने ग्राहकले ‘स्पेशल स्क्रयाच’ मार्फत १ लाख रुपैयाँसम्मको छुट पाउने भएका हुन् । यसका साथै ग्राहकले आफुसँग भएको कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग लेभनिङका नयाँ स्कुटर साट्न सक्नेछन् ।

कम्पनीले ल्याएको यो स्कीम लेभनिङको नेपाल भर रहेको डिलर नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ । लेभनिङका स्कुटरहरुमा वस्च ब्रान्डका मोटर तथा एलजी तथा सामसङका ब्याट्री पाउन सकिन्छ । कम्पनीले स्कुटरमा २ वर्षको वारेन्टि उपलब्ध गराउँदै आएको छ ।


Back_to_top