भारतमा टाटा र एमजीको विज्ञापन वार !

काठमाडौं । एक अर्व ४१ करोड जनसंख्या पुगेको भारत हरेक बस्तुको लागि ठूलो बजार हो । यहाँ हरेक बस्तुको विज्ञापन जनस्तरमा सहजै बुझ्नेगरी पु¥याउन कम्पनीहरु लागिपरेका हुन्छन् ।

कुनै समय टाटा र मारुती सुजुकी विज्ञापनको मध्यमबाट ‘कित्ना देति हैं र कित्ना सेफ हैं’ भन्ने नारा लगाउँदै जुधेको पाइन्थ्यो । हिजो मात्रै भारतमा एमजीले कोमेट ईभी सार्वजनिक गरेसँगै फेरी टाटा र एमजी बीच विज्ञापन वार सुरु भएको हो ।

टाटाले टियागो ईभी नै असली कार भएको देखाउन सानो कार्टुन प्रयोग गर्दै ‘ ओन अ कार, नट अ कारटुन’ भनेको छ । टाटाको विज्ञापनले एमजी कोमेट कार नभएर कार्टुन भएको संदेश दिन खोजेको देखिन्छ ।

त्यस्तै एमजीले पनि टाटा टियागोलाई ब्याङग्य गर्दै लेखेको छ, ‘ड्राइभ समथिङ्ग सेक्सी, से टाटा टु ट्याक्सी’ । यी दुई ब्राण्ड बीचको टक्करलाई भारतीय मिडियाले निकै चर्चामा ल्याएका छन् ।

टाटाले आफ्नो विज्ञापनमा सिंगल चार्जमा ३१५ किलोमिटर रेन्जको दावी गरेको छ भने एमजी कोमेट ईभी मासिक ५१९ रुपैयाँको विजुली खर्च गरेर चलाउन सकिने दावी गरेको छ ।


Back_to_top