काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी टेस्लाले विहिबार हालसम्म बिक्री भएका सबै साइबर ट्रक रिकल गरेको हो । अमेरिकी नेशनल हाइवे ट्राफिक सेफ्टी एड्मिनीष्ट्रेसनमा फाइल गरेको रिपोर्ट अनुसार टेस्लाको साइवर ट्रकमा सफ्टवेरमा समस्या आएको हो ।
सफ्टवयरमा समस्या आएसँगै साइबर ट्रकको रिभर्स क्यामराको भ्यू मोनिटरमा नदेखिने भएको हो । फेडरल रेगुलेसनका अनुसार रिभर्स गियर सेलेक्ट गरेको २ सेकेण्ड भित्र पछाडिको भ्यू देखिनु पर्छ । तर, साइबर ट्रकमा २ सेकेण्डमा रियर भ्यू नआउने समस्या देखिएको हो ।
कम्पनीले सन् २०२३ को नोभेन्बर १३ बाट २०२४ को सेप्टेम्बर १४ सम्म उत्पादन गरेको सबै साइबर ट्रकमा समस्या देखिएको हो । कम्पनीले फाइल गरेको रिपोर्ट अनुसार उक्त समयमा विश्वमा २७ हजार १८५ वटा साइबर ट्रक बिक्री भएको थियो ।
टेस्लाले उक्त समस्या समाधान गर्नका लागि ‘ओभर दी एयर अपडेट रिलिज’ गरेको जनाएको छ । सफ्टवेर अपडेटपछि उक्त समस्या समाधान हुने कम्पनीको भनाइ छ ।