दशैंमा ओमोडा/जेकोको हाइवे एसिस्टेन्स सर्भिस

काठमाडौं । ओमोडा/जेकोको आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइल्सले दशैंमा हुने यात्रालाई मध्यनजर गर्दै ‘२४ सै घन्टा हाइवे एसिस्टेन्स’ सर्भिस दिने भएको छ । कम्पनीले असोज २१ गतेदेखि ३० गतेसम्म सार्वजनिक विदाको समयमा उक्त सेवा दिन लागेको हो ।

कम्पनीका अनुसार यस अवधिमा आफ्ना उपत्यका बाहिरका सबै नेटवर्कमा रहेका सर्भिस सेन्टर २४ सै घन्टा खुला रहने छन् । साथै, बीच बाटोमा कसैलाई कुनै किसिमको समस्या पर्दा आफ्नो स्थानबाट नजिकको सर्भिस सेन्टरमा कल गरेर सर्भिस लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सुर्खेत, दाङ, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, बिरगंज, इटहरी, विर्तामोड, विराटनगर, भक्तपुर र काठमाडौंमा रहेका सर्भिस सेन्टर मार्फत सेवा लिन सक्ने जनाएको छ ।

ओमोडा ई-५ र जेको जे-६ दुबै नेपाली बजारमा सफलताको बाटोमा हिडिरहेका मोडल हुन् । यी दुबै गाडी चढ्नेले आवश्यक पर्दा कम्पनीको हाइवे एसिस्टेन्स सेवा लिन सक्नेछन् ।


Back_to_top