काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हाइवे एसोरेन्स’ चालु गर्ने भएको छ । कम्पनीले भोलि असोज २२ गतेदेखि २५ गतेसम्म हाइवेमा यात्रा गर्ने ग्राहकलाई लक्षीत गर्दै यो स्कीम संचालनमा ल्याएको हो ।
हाइवे एसोरेन्स स्कीम अन्तर्गत हुन्डाईका गाडीका प्रयोगकर्ताले निःशुल्क चेकअप गर्ने, इन्जिन आयाल निःशुल्क टपअप गर्ने र ईभी चार्ज गर्ने सुविधा पाउने छन् ।
दशैंको लागि मानिसको ओहोर दोहोर धेरै हुने र त्यति वेला गाडीमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै हाइवे एसोरेन्स संचालन गरिएको कम्पनीले जनाएको छ । यस स्कीमलाई ‘यस दशैं, कियर फ्री, राइड टु होम’ स्लोगन सहित कम्पनीले संचालनमा ल्याएको हो ।