काठमाडौं । कावासाकी इन्डियाले आफ्नो डबल पर्पस मोटरसाइकलको बुकिङ खुला गरेको छ । कम्पनीले केएलएक्स २३० को बुकिङ खुला गरेको हो ।
भारतमा यसअघि डर्ट ट्रयाकका लागि मात्र उपलब्ध गराएको मोटरसाइकल अब रोड लिगल मोडलको रुपमा ‘केएलएक्स २३० एस रोड लिगल मोटरसाइकल’को रुपमा आउने भएको हो ।
यो सँगै कम्पनीले भारतभर रहेको डिलरशिपहरूमा बुकिङ लिन सुरू गरेको हो । ग्राहकले १० हजार रुपैयाँ तिरेर कावासाकी केएलएक्स २३० बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो मोटरसाइकलले हिरो एक्सपल्स २०० फोर र आउँदै गरेको नयाँ एक्सपल्स २१० फोर भीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
डवल स्पोर्टस् सेग्मेन्टमा आउने केएलएक्स २३० एसमा स्पोक ह्वील, डूअल पर्पस टायर, रेज फ्रन्ट फेन्डर तथा सिंगल पिट सिट उपलब्ध छ ।
यो मोटरसाइकलमा ३७ एमएम लामो ट्राभल सस्पेन्सन उपलब्ध छ । रियरमा भने एड्जष्टेवल स्पिङ प्रि लोड सस्पेन्सन पाउन सकिन्छ । यसको फ्रन्टमा २१ इन्च तथा रियरमा १८ इन्चको टायर छ ।
यसमा दुबै ह्रवीलमा डिस्क ब्रेकका साथ डूअल च्यानल एबीएस उपलब्ध छ । यो मोटरसाइकलमा २३९ एमएम ग्राउन्ड क्लियरेन्सका साथै ८४३ एमएम अग्लो सिट हाइट छ ।
यो मोटरसाइकलमा २३३ सीसी सिंगल सिलिन्डर एसओएसचसी, एयर कुल्ड इन्जिन दिनेछ । उक्त इन्जिनले २० हर्सपावर तथा २० एनएम टर्क जेनेरेट गर्छ ।
कावासाकी ब्रान्ड नेपाल आउने पक्का भइसकेको छ । यस्तोमा भारतमा उत्पादन भएको यो मोटरसाइकल नेपाली बजारमा ब्रान्ड सार्वजनिक भएसँगै सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।
नेपाली बजारमा डबल पर्पस मोटरसाइकलको राम्रो बजार रहेको कारण कावासाकी केएलएक्स २३० ले राम्रो व्यापार गर्ने अनुमान गर्न सकिन्छ ।