काठमाडौं । ब्याट्री इलेक्ट्रीक भेहिकलमा विश्वास नगरेको जापनीज अटो जायन्ट टोयोटाले हाइड्रोजन कम्बस्चन इन्जिन विकास गरिरहेको छ । विश्वलाई हाइब्रिड इन्जिन दिएर ग्रिन मोविलीटीमा कन्भर्ट हुन सहयोग गरिरहेको टायोटा पछिल्लोे समय हाइड्रोजन कम्बस्चन इन्जिनमा फोकस भएको हो ।
टोयोटाले विकास गरिरहेको इन्जिन कम्बस्चन हुनुको साथै जीरो इमीसन (सून्य प्रदुषण) पनि हो । कम्पनीले आफ्नो हाइड्रोजन कम्बस्चन इन्जिनको परिक्षण गरिहेको लामो समय भयो । उक्त इन्जिन हाई पर्फमेन्स र दिगो हुने कम्पनीको भनाइ छ ।
कम्पनीले नयाँ टेक्नोलोजीमा आधारित रहेर यसअघि जीआर कोरोला र जीआर यारिसमा प्रयोग गरेको १.६ लिटर टर्बो चार्ज्ड थ्री सिलिण्डर इन्जिनमै आधारित रहेर हाइड्रोजन कम्बस्चन इन्जिन परीक्षण गरिरहेको हो ।
कम्पनीले नयाँ इन्जिनको ‘फुजी-२४ आवर’ जस्तो स्पोट्स इभेन्टमा परीक्षण भइरहेको छ । जहाँ विभिन्न हार्स कण्डिसनहरु छन् । टोयोटाको हाइड्रोजन इन्जिन ग्यासोलीन पावर इन्जिन जस्तै रम्बल, रेस्पोन्स भएको बताइएको छ ।
टोयोटा ईभीले विश्वको इनर्जी क्राइसीस समाधान गर्छ भन्ने कुरामा विश्वास गर्दैन । हाइड्रोजनको सबैभन्दा सकारात्मक पक्ष भनेको रिफिउलीङ स्पीड हो । जस्तो टोयोटा जीआर एचटु यारिस मात्र ९० सेकेण्डमा रिफिउलीङ हुन सक्छ ।
हाइड्रोन एक्ट्रीम क्लाइमेटमा पनि उत्कृष्ट काम गर्छ । लिथियम आयोन ब्याट्री भएका ईभीहरु कहिले काहिँ सवजेरो टेम्प्रेचरमा फ्रिज हुन्छ । हाइड्रोजन भने माइनस २६० डिग्री सेन्ट्रीगेटमा समेत राम्रो काम गर्न सक्छ ।
हाइड्रोजन कम्बस्चन इन्जिनको एक मूख्य समस्या कम्बस्चन चेम्बरमा उत्पन्न हुने हाइटेम्प्रेचर हो । त्यसले गाडीको पर्फमेन्स घटाउने र इन्जिनको आयु पनि कम गर्छ । तर, टोयोटाले यसको समाधान स्वरुप हालैमात्र वाटरकुल्ड हाइड्रोजन टेक्नोलोजी विकास गरिसकेको छ ।
सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा भनेको टोयोटाले हाइड्रोजन कम्बस्चन इन्जिनको घोषणा यस्तो समयमा गरेको छ कि विश्वका सबै कार उत्पादकहरु बीइभीमा फोकस रहेको समयमा भएको हो ।
हाइड्रोजन पावर कारले विश्वको सडक तताइसकेको छ । यसको मागसमेत बढ्दै गएको छ । क्यालिफोर्निया तथा युरोपीयन देशमा टोयोटा मिराईको उच्च माग रहेको छ । अहिले एकदमै सानो संख्यामा बिक्री भइरहेको हाइड्रोजन कार सन् २०३० सम्ममा २ लाख यूनिट बिक्री गर्ने टोयोटाले महत्वकांक्षी लक्ष्य राखेको छ ।


