जनवरीबाट बजारमा आउँदै महिन्द्राको बीई-०५, एक्सयूभी ई-९ पनि तयार

काठमाडौं । महिन्द्राले सन् २०२२ मा देखाएको पाँच इलेक्ट्रीक एसयूभी मध्ये बीई-०५ र एक्सयूभी ई-९ एकसाथ तयार पारेको छ । यी दुबै मोडलको चाँडै ग्लोबल लन्चिङ गर्न लागेको हो । कम्पनीले बीई-०५ आगामी जनवरीबाट बिक्री सुरु गर्न लागेको छ ।

हालै अटोकार इण्डियाले प्रकाशित गरेको स्पाई सर्टमा देखिए अनुसार यी दुबै ईभीहरु अब छिट्टै बजारमा आउन लागेको अनुमान गर्न सकिन्छ । भारतमा टेलिभिजन विज्ञापन सुटिङको क्रममा यी दुई एसयूभी एक साथ देखिएको हो ।

महिन्द्राले सन् २०२५ मा यी दुबै मोडललाई बजारमा उतार्ने यसअघि नै घोषणा गरिसकेको छ । महिन्द्राको बर्न इलेक्ट्रीक प्लेटफर्म इनग्लोमा बनेका दुबै विद्युतीय मोडल निकै चर्चा कमाउन सफल हुँदै आएको छ ।

बीई-०५ फ्यूचरिस्टीक मोडल

तस्विरमा देखिए अनुसार महिन्द्राको बीई ०५ मा स्क्वायर अफ ह्वील आर्क, ग्लसी व्ल्याक भएको चङ्की ह्वील क्लाइडिङ र साइड बडी क्लाइडिङ रहेको देखिन्छ । साथै, १९ इन्चको ह्वीलमा एरोडाइनामिक प्यार्टनसँगै ५ स्पोक दिइएको छ । यसले ह्वील निकै फ्यूचरिस्टीक देखाएको छ ।

एसयूभीको छतमा ‘फिक्स ग्लास’ दिइएको छ भने पछाडि स्प्लीट स्पोइलर छ । फ्लस डोर ह्याण्डल, कनेक्टेड टेल लाइट र सी आकारको ठूलो साइजको अँग्रेजी अक्षर सी डिजानमा एलइडी डीआरएल दिएको छ । यसको अगाडि बीईको लोगो इलुमीनेटेड रहेको छ ।

फ्रन्टमा एयर इनटेकको लागि ओपन ग्रिल डिजाइन रहेको देखिन्छ । बीई–०५को लम्बाई ४३७०, चौडाई १९०० र उचाई १६३५ एमएम छ । कम्प्याक्ट मिडसाइज एसयूभी सेग्मेन्टमा आउने इलेक्ट्रीक एसयूभीमा २७७५ एमएम लामो ह्वीलवेस रहने छ ।

महिन्द्राको बीई–०५ को ड्यासबोर्ड ककपिट डिजाइनमा रहको छ । १०.२५ इन्चको कनेक्टेड सेपको फ्लोटिङ स्कृन भएपनि दुई स्कृनलाई छुट्टाइएको देखिन्छ ।

यस्तो छ एक्सयूभी ई–९

बाहिर आएको तस्बिर अनुसार एक्सयूभी ई–९ गोल्डेन र राभिसीङ रेड कलरमा उपलब्ध छ । यसको अगाडि निकै ठूलो फेसिया पाउन सकिन्छ । क्लोज अफ ग्रिल, भर्टिकल डिजाइनको हेडलाइट, कनेक्टेड एलइडी डीआरएल, पप आउट डोर ह्याण्डल, ठूलो साइजको एरोडायनामिक्स ह्वील यसमा रहनेछ ।

एक्सयूभी ई–९ मा ट्रिपल स्कृन लेआट रहेको छ ।

महिन्द्राले यी दुबै ईभीमा ६० किलोवाट आवर र ८० किलोवाट आवरको बीचमा रहने अनुमान गरिएको छ । यी ईभीहरु सिंगल मोटर रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ ।


Back_to_top