फिचरले सफलता दिलाएको एटो-थ्री (भिडियो रिपोर्ट)

काठमाडौं । नेपाल आएको दुई वर्षभन्दा कम समयमा ३ हजार यूनिटभन्दा बढी बिक्री भएको एटो-थ्री पहिलो पटक अपग्रेड भएर आएको हो । नयाँ अपग्रेड भएर आएको मोडलमा केही फिचरहरु पनि परिमार्जन भएका छन् ।

नेपाली उपभोक्ता माझ निकै लोकप्रिय एटो-थ्री मोडलको २०२४ भर्सनमा पहिलो पटक मोवाइल एप पनि चल्ने छ । नयाँ एटो थ्रीका प्रयोगकर्ताले बीवाइडी एप पनि चलाउन पाउने छन् ।

सनरुफ कभर, पछाडि दिइएको ब्यूल्ड योर ड्रिमलाई (बीवाइडी) बनाइएको छ । सबैभन्दा ठूलो परिमार्जन टायरमा पाउन सकिन्छ । यसअघि केही उपभोक्ताले असन्तुष्टि जनाएको टायरलाई कन्टिनेन्टलको टायरले रिप्लेस गरेको छ ।

साथै, इन्फोटेन्टमेन्ट सिस्टमको साइज पनि पहिलेभन्दा ठूलो भएको छ । यसअघि १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमलाई हटार १५.६ इन्चको ठूलो स्कृन दिइएको छ ।

यस्ता कस्मेटीक बाहेक कलर मात्रै परिवर्तन भएको छ । बीवाइडी एटो-थ्री पहिलो पटक ब्ल्याक कलरमा उपलब्ध भएको छ । साथै, यसको ड्यासबोर्ड र सिटको कलरमा पनि परिवर्तन भएको छ ।

अपग्रेड भएर आएको एटो-थ्रीलाई आधिकारीक बिक्रेता साइमेक्स इंकले पुरानै मूल्यमा बिक्री थालेको हो । एटो-थ्री एड्भान्स मोडलको मूल्य ५६ लाख ९० हजार र सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ ।


Back_to_top