काठमाडौं । प्यासेन्जर कार एशोसिएशन अफ चाइनाका अनुसार सन् २०२२ र २३ मा बजारमा आएका १९५ मोडलको मूल्य घटेको छ । जसमा २०२३ मा आएका १५० र २०२२ मा आएका ९५ मोडल मध्ये १९५ मोडलको मूल्य घटेको हो ।
मूल्य घटेका कार मोडलहरु इन्टरनल कम्बस्चन, हाइब्रिड र इलेक्ट्रीक नै छन् । औषतमा यी मोडलको मूल्य १३ प्रतिशतले घटेको हो ।
चिनियाँँ सरकारी तथ्यांक अनुसार १३ वटा हाइब्रिड कार मोडलको मूल्य ८.४ प्रतिशतले घटेको छ । प्लगइन हाइब्रिड २९ मोडलको मूल्य १३.७ प्रतिशतले घट्दा ६९ प्योर ईभी मोडलको मूल्य १३.५ प्रतिशतले घटेको हो ।
चीनमा अहिले खुबै चलेको १३ रेन्ज एक्सटेन्डर मोडलको मूल्य ७.६ प्रतिशतले घट्दा ७१ पेट्रोलियम पदार्थबाट मात्रै चल्ने कार मोडलको मूल्य ९.३ प्रतिशतले घटेको कार एशोसिएशन अफ चाइनाले जनाएको छ ।


