काठमाडौं । टेस्लाको परिचित मोडल-वाई एलले सिंगल चार्जमा ८३० किलोमिटर रेन्ज दिने बताइएको छ । कम्पनीले चीनमा दर्ता गराएको सूचना अनुसार मोडल वाइ एलमा ८२ किलोवाट आवर क्षमताको ब्याट्रीले उक्त रेन्ज दिने दावी गरिएको हो ।
टेस्लाका अनुसार मोडल वाइको ३ भेरियन्ट मध्ये टप भेरियन्टले धेरै रेन्ज दिने भएको हो । जुन यसअघि टेस्लाको कुनै पनि मोडलले दिने भन्दा धेरै रेन्ज हो । कम्पनीले मोडल वाइलाई ७८.४ किलोवाट आवरको छ ।
टेस्लाले प्रयोग गरेको धेरै रेन्ज दिने ब्याट्री भने चीनमा बनेको होइन । कोरियन कम्पनी एलजी इनर्जी सोलुसनले बनाएको हो । उक्त ब्याट्री निकेल, म्याग्नेसियम र कोवल्टको केमेस्ट्रीमा तयार भएको हो । यस ब्याट्रीलाई टर्नरी लिथियम आयन भनिएको छ ।
कम्पनीका अनुसार नयाँ ब्याट्रीमा ‘१७५ किलोवाट आवर/केजी’ डेन्सीटी रहेको छ ।
सानो ७८.४ किलोवाट आवरको ब्याट्रीको तौल ४४८ केजी रहेको छ । टेस्ला मोडल वाइ एलको नयाँ ब्याट्रीले दिने रेन्ज भने सीएलटीसीले जनाए अनुसार हो । यसको सडकमा आउने वास्तविक रेन्ज भने कम नै हुन्छ ।
टेस्लाले यसमा दिइएको मोटर साइज पनि परिमार्जन गरेको सुचना बाहिर आएको छ । यसअघि २२५ किलोवाट पीक पवार भएको रियर ह्वील मोटरको सट्टा १९४ किलोवाटको नयाँ मोटर प्रयोग भएको छ ।
अल ह्वील ड्राइभ मोडल भने किनै पावरफुल रहेको छ ।

