जीकरले आफ्ना सबै मोडल अपग्रेड गर्ने, आफ्नै ब्याट्री पनि प्रयोग गर्दै

काठमाडौं । चिनियाँ प्रिमियम न्यू इनर्जी भेहिकल निर्माता जीकरले सन् २०२५ मै आफ्नो सफल मोडल अपग्रेड गर्ने भएको छ । कम्पनीले गर्ने अपग्रेडमा आफ्नै नयाँ ब्याट्री प्रयोग हुनेछ ।

जीकरका अनुसार सेप्टेम्बमा जीकर एक्सको अपग्रेड मोडल आउने छ । यसमा जिली ग्रुपले बनाउन थालेको ‘इनर्जी’ ब्याट्रीको प्रयोग हुनेछ । साथै, यसको भित्री डिजाइनमा थुप्रै परिमार्जन गर्ने भएको हो ।

कम्पनीले अक्टोबर, नोभेम्बर र डिसेम्बरमा पनि अन्य मोडल अपग्रेड गर्ने योजना अगाडि सारेको छ । जसमा जीकर ००७, जीकर ००१ र जीकर सेभेन एक्स मोडल छन् ।

जीकरका अनुसार ००७ मोडलको बाहिरी डिजाइनदेखि इन्टेरियरमा थप काम हुनेछ । यसमा अन्य ब्याट्री, मोटर लगायतका कुरा समान हुनेछ ।

कम्पनीले जीकर ००१ मा ‘थोर यू चीप’ र ९०० भोल्ट आर्किटेक्चरको प्रयोग हुनेछ । साथै, क्याविन र बाहिर पनि केही परिमार्जन हुनेछ । यस्तै परिमार्जन जीकर सेमेन एक्समा पनि हुने कम्पनीको भनाइ छ ।


Back_to_top