टेष्ट ड्राइभ रिभ्यूः ग्राउन्ड क्लेयरेन्स र इन्फोटेन्टमेन्ट सिस्टमले लोभ्याउँछ

काठमाडौं । रेनोको नयाँ मोडलको क्वीडको फेसलिफ्ट मोडल बजारमा बिक्री–वितरण सुरु भैसकेको छ । हामी केही दिनअघि भक्तपुरको सूर्यविनायकबाट पाण्डुबजार हुँदै गुण्डुतिरको बाटोमा यसको टेष्ट ड्राइभ गरेका थियौ । सो क्षेत्रमा उकालो, ओरालो, टर्निङ्ग, कच्ची र पक्की सबै किसिमका बाटोहरू पाउन सकिन्छ ।

कम्पनीले ल्याएको नयाँ मोडलको क्वीडमा पहिलेकोभन्दा धेरै कुराहरू सुधारेर ल्याएको पायौँ ।

एक्स्टेरिएर

बाहिरबाट हेर्दा यसमा धेरै परिवर्तन गरेको छ । अगाडिको ग्रिलमा क्रोमको प्रयोगले यसलाई अझ स्पोर्टी लूक्स दिएको छ । फग–ल्याम्प पनि इन्–बिल्ड नै दिएको छ । साइड लुकिङ्ग ग्लासमा दिइएको ड्यूल कलर टोनले कारलाई अझै राम्रो देखाएको छ ।

साइडमा क्वीडको नामसहितको क्याडलले यसलाई स्पोर्टी बनाएको छ । यसमा भेरियन्टको ब्याज पनि पछाडि नराखी व्याक–डोरको माथि राखिएको छ । यो कारमा सेग्मेन्टकै सबैभन्दा बढी १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।

रिभर्स क्यामराको डिस्प्ले रहेको यसमा रिभर्स गियरमा पछाडि टाउको घुमाउनु जरुरी छैन । पावर विन्डोको सुइज साइड डोरमा नराखिकन सेन्टर कन्सोलमा रहेकोले बानी पार्न केही समय लाग्न सक्नेछ ।

यसमा सेग्मेन्टमै पहिलोपटक रिभर्स क्यामरा इन्–बिल्ड गरेको छ, जुन पछाडि रहेको रेनोको लोगोभित्र चलाखीपूर्ण तरिकाले लुकाइएको छ । अगाडिको बम्पर बडी कलरको रहेको छ भने पछाडि कालो रङ्गको बम्पर लगाइएको छ ।

इन्टेरियर

नयाँ क्वीडको इन्टेरियरमा पनि केही परिवर्तन गरेको छ । यसको गियर लिभर, एसिभेन्ट, तथा डोर–ह्यान्डलमा क्रोमको प्रयोग गरेको छ । सेन्टर कन्सोलमा रहेको ५ इन्चको इन्फोटेन्मेन्ट स्क्रिनमा म्यूजिक, न्याभिगेसन, कल आदि गर्न सकिन्छ । यसमा ब्लू–टुथ तथा यूएसबी–पोर्टमार्फत् फोन कनेक्ट गर्न सकिन्छ ।

रिभर्स क्यामराको डिस्प्ले रहेको यसमा रिभर्स गियरमा पछाडि टाउको घुमाउनु जरुरी छैन । पावर विन्डोको सुइज साइड डोरमा नराखिकन सेन्टर कन्सोलमा रहेकोले बानी पार्न केही समय लाग्न सक्नेछ ।

यसको क्याविनमा धेरैवटा स्टोरेज स्पेस रहेको छ । अगाडिको दुबै ढोकामा ३–३ वटा पानीको बोतल अटाउने स्पेस रहेको छ । ड्यास बोर्डमा सामान राख्ने एक खुल्ला स्पेसकासाथै दुईवटा बन्द गर्न मिल्ने ग्लोब–बक्स रहेको छ ।

बिभिन्न ६ भेरिएन्टमा उपलब्ध क्वीडको नेपाली बजारमा मूल्य २२ लाख २४ हजार ५३३ रुपैयाँदेखि २४ लाख ५८ हजार ५५६ रुपैयाँ रहेको छ ।

गियर–लिभर र ह्याण्डब्रेक–लिभर एकदमै सही स्थानमा रहेको छ । सुरक्षाका लागि ड्राइभर साइडमा एयरव्यागको प्रयोग गरिएको छ । एबीएस र प्यासेन्जर एयरव्यागको भने व्यवस्था गरिएको छैन ।

फिचर

इन्ट्री लेवलको कार भए पनि लम्बाई धेरै भएकोले क्वीडको पछाडिको सिटमा पनि निकै ठूलो स्पेस रहेको छ । यसमा ३ जना प्यासेन्जर आरामले बस्न सक्नेछन् । अझ रियर प्यासेन्जरको सुविधाका लागि मोवाइल चार्ज गर्नका लागि १२ भोल्टको सकेट पछाडि पनि राखेको छ । यसको पछाडि पावर विन्डोको व्यवस्था भएको भए, अझ राम्रो हुने थियो । यसको पछाडि सेग्मेन्टकै सबैभन्दा ठूलो ३०० लिटरको बूट स्पेस रहेको छ । जसमा ठूलो सुटकेस पनि आरामले अटाउन सकिन्छ ।

बिभिन्न ६ भेरिएन्टमा उपलब्ध क्वीडको नेपाली बजारमा मूल्य २२ लाख २४ हजार ५३३ रुपैयाँदेखि २४ लाख ५८ हजार ५५६ रुपैयाँ रहेको छ ।

अनुभव

हामीले पक्की बाटोमा ड्राइभ गर्दा एकदमै स्मूद रहेको अनुभव गर्यौँ । क्वीडको पुरानो मोडलमाभन्दा नयाँ क्वीडमा क्याविनमा आवाज एकदमै कम आउने बनाइएको छ । यो कारमा १ लिटरको ३ सिलिन्डर इन्जिनको प्रयोग गरिएको छ, जसले ६८ पीएस पावर तथा ९१ एनएम–टर्क उत्पादन गर्छ ।

यसको पावर र टर्क हेर्दा सहरी क्षेत्रमा क्वीड चलाउन कुन समस्या देखिँदैन । यसको गियर पनि चेन्ज गर्न सजिलो र हल्का रहेको छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले गर्दा कच्ची बाटोमा पनि हामीलाई कुनै समस्या भएन ।

रिभर्स पार्किङ्ग क्यामराको सहाएताले यो कार पार्क गर्न एकदमै सजिलो रहेको छ । रिभर्स गियरबाट फ्रन्ट गियरमा चेन्ज गर्दा डिस्प्लेमा केही समय पछाडिकै दृश्य आइरहँदा अगाडिको गियर लागेन कि भन्ने भान हुन्छ । जसले कहिलेकाहिँ व्यस्थ ठाउँमा गाडी घुमाउँदा कही सेकेन्डको समय बढी लिनसक्छ । रिमोर्टसहितको स्टार्ट–किमा राखिएको सेन्टर लकिङ्ग सुइजले कार पार्क गरिसकेपछि लक गर्न र कारमा इन्ट्री गर्नु अगाडि अनलक गर्न टाढैबाट सकिन्छ ।

निश्कर्ष

नेपाली बजारमा उपलब्ध रहेको इन्ट्री लेवलको कारहरूमध्ये रेनोको क्वीड स्पोर्टी तथा एसयूभी लूक्समा रहेकाले ग्राहकको रोजाईमा पर्न सक्छ । यो कार अटोमेटिक ट्रान्समिसनमा पनि उपलब्ध रहेको छ । 

यसमा रहेको विशेषताहरूले यसलाई इन्ट्री लेवलभन्दा माथिको कारको अनुभव गराउन सफल रहेको छ । अत्यावश्यक सम्पूर्ण फिचरसहितको यो कार कम बजेटमा गाडी चढ्नेहरूको रोजाईमा पर्न सक्छ ।


Back_to_top