आगामी बिहिबारदेखि आइतबारसम्म काठमाडौं उपत्यकामा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् ।
यहि शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिटका लागी सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक सवारीसाधन चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार बिजाेर नम्बर भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबार र मंसिर १६ गते आइतबार जोर अंक भएका गाडी मात्रै चल्न पाउनेछन्।


