घट्यो पेट्रोल र डिजेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य घटाएको छ ।

निगमले बुधबार मध्य रातिदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५५.५० रुपैयाँ, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १४२.५० रुपैयाँ, दोस्रो वर्गमा १४४ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।


Back_to_top