काठमाडौं । १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ सुरु भएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो को उद्घाटन गरेका हुन् । नाडा अटो शो प्रधानमन्त्रीले उद्घाटन गरेको यो पहिलो पटक समेत हो ।
प्रधानमन्त्री ओलीले अहिले अटोमोबाइल व्यवसायी असन्तुष्ट हुनुपर्ने अवस्था नरहेका बताए । उनले बजेट मार्फत करको दर नचालइएको र मौद्रिक नीतिले पनि अटो क्षेत्रलाई सपोट गरेको उनले बताए ।
‘अटोमोबाइल व्यवसायी अहिले असन्तुष्ट हुनुपर्ने अवस्था छैन । बजेटमा हामीले कुनै पनि करका दर चलाएका छैनौं । बजेट र मौद्रिक नीति व्यवसायीलाई फाइदा पुग्ने गरी लइाएका छौं,’ उनले भने ।

