काठमाडौं । भृकुटीमण्डमा आजदेखि नाडा अटो शो २०२५ सुरु हुँदै छ । यस वर्षको अटो शोमा नयाँ नयाँ गाडीसँगै मुख्य आकर्षणको रुपमा उड्ने कार र ह्युमन रोबोट रहेका छन् ।
चांगानको नेपालको लागि आधिकारिक बिक्रेता दीपलले नेपालमै पहिलो पटक उड्ने कार र ह्युमन रोबोट ल्याएको हो ।
दीपलले रोबोट र उड्ने कार दुवैलाई अटोशोमा प्रदर्शनीमा राखिएको छ । यसलाई नेपाली प्रविधि बजारमा एउटा नयाँ अध्यायको रुपमा लिइएको छ ।
यो रोबोट मानिस जस्तै हिँड्न, दौडन सक्छ । साथै, वस्तुहरु चिन्न, बोल्न पनि सक्छ । यसले मानिसले सोधका जिज्ञासाको जवाफ समेत दिन्छ ।

दीपलले आफ्नो स्टलमा राखेको रोबोटले आगन्तुकहरूलाई स्वागत गर्नेछ ।



