बेरुजुमा भौतिक र अर्थ मन्त्रालयको हिस्सा ८४ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा संघीय मन्त्रालयहरुको कुल बेरुजुमध्ये दुई मन्त्रालयको मात्रै हिस्सा ८३ प्रतिशत रहेको छ ।

महालेखापरीक्षकले शुक्रबार सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदन अनुसार मन्त्रालयगत बेरुजुमा अर्थ मन्त्रालय र साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हिस्सा ८३.६४ प्रतिशत रहेको हो ।

महालेखाका अनुसार गत वर्ष संघीय मनत्रालयतर्फ कुल ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ बराबरको बेरुजु देखिएको छ । सोमध्ये अर्थको ३७ अर्ब ६३ करोड ३१ लाख र भौतिक पूर्वाधारको ७ अर्ब १० करोड रुपैयाँ बेरुजु रहेको हो ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको १ अर्ब ५३ करोड, वन तथा वातावरण मन्त्रालयको १ अर्ब ३४ करोड, सञ्चार तथा सूचना प्रविधिको १ अर्ब १६ करोड, शहरी विकास मन्त्रालयको ८० करोड ५१ लाख, परराष्ट्र मन्त्रालयको ७४ करोड ३४ लाख, उ,mर्जा, जलस्रोत तथा सिञ्चाईको ६५ करोड २६ लाख, गृहको ५७ करोड ७२ लाख, स्वास्थ्य तथा जनसंख्याको ५२ करोड ४३ लाख र अन्य मन्त्रालयको १ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबर बेरुजु रहेको महालेखाले जनाएको छ ।


Back_to_top