यी हुन् आइफोन १५ भन्दा सस्ता १५० सीसीका चर्चित मोटरसाइकल

सांकेतिक तस्बीर

काठमाडौं । हालै नेपाली बजारमा एप्पलको चर्चित आइफोन १५ सार्वजनिक भएको छ । जेनेरेशन नेक्स्ट कम्यूनिकेशनले आइफोन १५ को टप भेरियन्ट ३ लाख ९ हजार ५०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो ।

आइफोन १५ को मूल्य नेपाली बजारमा पाइने १५० सीसी सेग्मन्टका विभिन्न मोटरसाइकलभन्दा पनि धेरै हो । अर्थात् आइफोन १५ को टप भेरियन्ट भन्दा सस्तो मूल्यमा १५० सीसीका मोटरसाइकल किन्न सकिन्छ ।

हामीले यहाँ नेपाली बजारमा उपलब्ध टीभीएस, बजाज र यामाहाका मोटरसाइकलहरु जुन आइफोन १५ को मूल्यभन्दा कम मूल्यमा उपलब्ध छन् । तिनको बारेमा चर्चा गरेका छौं ।

१. बजाज पल्सर १५०

ज पल्सर १५० सीसी आइफोन १५ भन्दा सस्तो मूल्यमा पाइने मोटरसाइकल हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले २ लाख ९८ हजार ९०० रुपैयाँमै पल्सर १५० उपलब्ध गराउँदै आएको छ ।

पल्सर १५० मा १४९ सीसी सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन इन्जिन रहेको छ । यो इन्जिनले १३.८ बीएचपी पावर तथा १३.४ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पीडको गियरबक्स जडान गरिएको यो बाइकको टप स्पीड ११५ किलोमिटर प्रतिघण्टा रहेको छ । फ्रन्टमा २४० एमएमको डिस्क ब्रेक रहेको यो बाइकमा रियरमा डम ब्रेक दिइएको छ ।

२. टीभीएस अपाचे आरटीआर १६० फोर भी

टीभीएस अपाचे आरटीआर १६० फोर भीको बेस भेरियन्ट मोडल आइफोन १५ भन्दा कम मूल्यमा आउने अर्को मोटरसाइकल हो ।

जगदम्बा मोटर्सले बिक्री गर्ने अपाचे आरटीआर १६० फोर भी यो सेग्मेन्टमा नै सर्वाधिक पावरफुल मोटरसाइकल रहेको छ । यसमा १५९ सीसी, सिगंल सिलिन्डर, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १७.५ पीएस पावर र १४.७३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ ।

३. एसजेडआरआर १५०

आइफोन १५ भन्दा कम मूल्यको अर्को मोटरसाइकल यामाहा एसजेडआरआर रहेको छ । एमएडब्ल्यू इन्टरप्राइजेजले २ लाख २ लाख ७१ हजार ९०० रुपैयाँ रहेको छ ।

यो मोटरसाइकलमा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १२.१ पीएस पावर तथा १२.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।


Back_to_top