चल्तीका ब्राण्ड अझै विद्युतीय कारको पखाईमा, कस्को तयारी के ?

काठमाडौं । अहिले नेपालमा करिब दुई दर्जन ब्राण्डले कार ल्याएर बिक्री गर्दै आएको भएपनि केही चल्तीका ब्राण्डले अझै दुई वर्ष नेपालमा विद्युतीय कार बिक्री गर्न पाउने छैनन् । विशेषत कम्पनीले विद्युतीय कार उत्पादन नगर्दा उनिहरुले ईभी ल्याएर बिक्री गर्न नपाउने भएका हुन् ।

सन् २०२५ को मध्येसम्म एउटा पनि ईभी ल्याउन नसक्ने ब्राण्ड हो मारुती सुजुकी । मारुती सुजुकीले सन् २०२५ को मध्येमा मात्रै आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने घोषणा गरेको छ । त्यसैले मारुती सुजुकीको पहिलो ईभीको लागि अझै दुई वर्षभन्दा बढी समय कुर्नु पर्ने हुन्छ ।

अर्को ठूलो ब्राण्ड फोर्डले पनि नेपालमा अझै लामो समय ईभी उपलब्ध गराउने छैन । भारतीय उत्पादन बन्द भएपछि साना कारको बिक्री नै बन्द भएको फोर्डले कहिले नेपालको लागि ईभी पाउँछ, त्यो एकिन भएको छैन । अमेरिका र यूरोपमा भने फोर्डले आफ्नो इलेक्ट्रीक म्याकी एसयूभी र पीकअप बिक्री सुरु गरिसकेको छ ।

जीपले अन्तर्राष्ट्रिय बजार एभेन्जर ईभी बिक्री सुरु गरेपनि तत्काल नेपाल आउने छैन । एसयूभी उत्पादनमा महारथ हासिल गरेको जीप आइकोनिक ब्राण्डमा पर्छ । अहिले अमेरिका र भारतमा उत्पादन भएका जीपका उत्पादन नेपालमा बिक्री हुँदै आएको भएपनि एभेन्जर भने तत्काल नेपाल नआउने भएको हो ।

स्कोडाले पनि अन्तर्राष्ट्रिय बजारमा इन्याक बिक्री गर्दै आएको छ । भारतमा समेत बिक्री वितरण सुरु हुन लागेको यो एसयूभी तत्काल नेपाल आउने विषयमा शंका छ ।

फक्सवागन ग्रुपले नेपालमा ईभीको ब्याट्री ब्यवस्थापन र आगलागी भएको खण्डमा त्यसको ब्यवस्थापनमा सरकारी नीति कस्तो छ भनेर प्रश्न गर्ने गरेको पुजा इन्टरनेशनल नेपालका सीइओ विवेक बिजुक्क्षेले यसअघि नै बताएका थिए । त्यसैले फक्सवागेनको पनि तत्काल ईभी आउने कुरामा शंका छ ।

टोयोटा, प्यूजो, मित्शुबीसी, सुबरु, प्रोटोन जस्ता ब्राण्डका ईभी पनि अझै केही समय नेपाल आउने छैनन् ।


Back_to_top