सार्वजनिक सवारीमा टिकेट नदिए ५ हजार जरिवाना

काठमाडौं । अब काठमाडौं उपत्यकमा सर्वाजनिक सवारीसाधन चढने यात्रुलाई बस संचालकहरुले अनिर्वाय रुपमा टिकट दिनु पर्ने भएको छ । काठमाडौं महानगरले जारी गरेको राजपत्रमा उपत्यकामा चल्ने सबै सवारीसाधनले अब अनिर्वाय रुपमा टिकट दिनुपर्ने उल्लेख गरिएको हाे । 

सार्वजनिक यातायातका साधनमा यात्रुलाई टिकट नदिइएको पाईएमा वा अटेर गरेर नियम पालना नगरे पहिलाे पटक १५०० र दाेस्राे पटकदेखि ५००० हजार रुपैयाँ जरिवाना गर्न उल्लेख छ । जरिवानापछि उसलाई गल्ती सुधार्न एक हप्ताको समय दिने र त्यस अवधिमा उसले सुरधार नगरे सवारी संचालनमा नै प्रतिबन्ध लगाउने उल्लेख गरिएको छ । 

यात्रु चढ्पछि वा चढेको केहीसमय भित्रै उसको गन्तब्य कहाँ हो र कति भाडा लाग्ने हो त्यो एकिन गरि विद्युतीय वा प्रिन्टेड टिकेट दिनु पर्ने राजपत्रमा उल्लेख गरिएको छ । 

साथै महानगर भित्रका बस सेवा प्रदायक कम्पनीहरुले बालबालीका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, सहिद परिवारका सदस्य, विद्यार्थी तथा अन्य निर्धारित व्यक्तिलाई कानुनले तोकेअनुसारको सहुलियत दरको टिकट उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ ।  


Back_to_top