काठमाडौं । महिन्द्राले अघिल्लो महिना देखाएको बीई-६ र एक्सईभी-९ईको टप भेरियन्टहरुको मूल्य सार्वजनिक भएको छ । भारतीय कार निर्माताले ७९ किलोवाट आवर क्षमताको ब्याट्री भएको बीई-६ को मूल्य २६ लाख ९० हजार र एक्सईभी-९ को मूल्य ३० लाख ५० हजार भारतीय रुपैयाँ तोकेको हो ।
कम्पनीले जनवरी १७ तारिखबाट सुरु हुने भारत मोविलिटी एक्स्पोमा प्रदर्शनी हुने यी दुबै मोडल मासिक ५ हजार युनिट बिक्री गर्ने लक्ष्यसहित बजारमा ल्याउन लागेको हो ।
महिन्द्राले भारतीय उपभोक्ताको लागि ‘थ्री फर मी’ कार्यक्रम संचालन गर्दैछ । यस योजनामा उपभोक्ताले सहज फाइनान्स स्कीम पाउने छन् । कम्पनीले यसअघि सानो साइजको ब्याट्री भएका इन्ट्री भेरियन्टको मूल्य मात्रै सार्वजनिक गरेको थियो ।
बीई-६ को सुरुवाती भेरियन्टको मूल्य १८ लाख ९० हजार र एक्सईभी-९ ईको मूल्य २१ लाख ९० हजार भारतीय रुपैयाँ तोकेको थियो । अब यी दुबै भेरियन्टको टप भेरियन्टको मूल्य पनि बाहिर आएको हो ।
महिन्द्राले आफ्नो दुबै ईभीमा समान साइजका दुई ब्याट्री अप्सन दिएको छ । सानो साइजको ब्याट्री ५९ किलोवाट आवरको छ भने ठूलो ब्याट्री ७९ किलोवाट आवरको पाउन सकिन्छ । ठूलो ब्याट्री भएको कारण दुबैको रेन्ज पनि उत्कृष्ट रहने छ । मोटर साइजको विषयमा अझै आधिकारीक जानकारी कम्पनीले दिएको छैन ।
टु ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुबै अप्सनमा उपलब्ध हुने दुबै एसयूभीमा ग्राउन्ड क्लियरेन्स पनि समान २०७ एमएम छ । जुन हाम्रो जस्तो खाल्डाखुल्डी भएको सडकको लागि उपयुक्त हुनेछ ।