काठमाडौं । जिली होल्डीङको इलेक्ट्रीक भेहिकल ब्राण्ड जीकरले अमेरिकाको लस एन्जलसमा चलिरहेको सीइएस २०२५ मा अटोनोमस चार्जिङ रोवर्टको कन्सेप्ट देखाएको छ ।
कम्पनीले देखाएको आर्टिफिसीयल इन्टेलीजेन्ट पावर भएको रोवर्टले मानवीय सहयोग बिना नै जीकरको ईभी चार्ज गर्न सकिन्छ ।
जीकरले देखाएको भिडियोमा चालकले गाडीको स्कृनमा चार्जर लोकेट गरेपछि जीकरको कार आफैँ उक्त स्थानमा गएर पार्किङ हुन्छ । पार्किङ भए पश्चात् गाडीको चार्जिङ पोर्ट आफै खुल्छ । त्यसपछि चार्जरमा रहेको रोबर्टले चार्जिङ गनलाई गाडीमा प्लगइन गर्छ ।
गाडीमा चार्ज फुल भएपछि पनि रोबर्टले चार्जिङ पोर्टबाट चार्जर बाहिर निकाल्छ र कारको चार्जिङ पोर्ट आफैँ बन्द हुन्छ ।
उक्त कार्य एआई र प्लग एण्ड चार्ज टेक्नोलोजीका कारण सफल भएको हो । यसमा कुनै पनि प्रकारको कार्ड वा एपको समेत जरुरत पर्दैन । कन्सेप्ट तहमै रहेको यो चार्जिङ प्रविधि निकै प्रिमियम र सजिलो देखिएको छ ।
कम्पनीले यो चार्जिङ रोबर्टको बारेमा अन्य जानकारी नदिए पनि यस्तै खालको चार्जिङ रोबर्ट हुन्डाईले पनि सन् २०२३ मा देखाएको थियो । यस्ता रोवर्टको ब्यवसायीक प्रयोग भने सुरु भएको छैन ।