टोयोटा फर्चुनर फेसलिफ्टमा ‘लिजेन्डर’ भेरियन्ट आउने

काठमाडौं । टोयोटा फर्चुनरको नयाँ फेसलिफ्ट मोडल तयार भएको छ । टोयोटा इन्डियाले फर्चुनरको फेसलिफ्ट माडल जनवरीको मध्यसम्ममा भारतमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको टप भेरियन्टको नाम ‘फर्चुनर लिजेन्डर’ दिएको छ ।

टोयोटाले यसको लुक्स र फिचरमा निकै ठूलो परिमार्जन गरेर ल्याउने अनुमान गरिएको छ । बाहिर आएका विभिन्न रिपोर्टलाई सहि सावित हुने हो भने नयाँ फर्चुनरको लिजेन्डर भेरियन्ट बढी पावरफुल हुने छ ।

नयाँ फर्चुनरमा स्लीकर अपर फ्रन्ट ग्रिल, ड्यूल एलइडी प्रोजेक्टर हेडल्याम्प, एल सेप एलइडी डेटाइम रनिङ लाइट, बम्परको तल्लो भागमा एलइडी लाइट, व्ल्याक कलर रेडिएटर ग्रिल, नयाँ डिजाइनको बम्पर, पियान व्ल्याक एक्सटेन्स र २० इन्चको अलोय ह्वील जस्ता फिचर रहने छन् ।

यसमा ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, जेबिएलको ९ स्पीकर, वायरलेस चार्जर, एम्बीएन्ट लाइट, ड्यूल टोन सिट, ३६० डिग्रि क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, प्रि कोलिसन सिस्टम, एयरव्याग, एबीस, इबीडी जस्ता फिचर उपलब्ध रहने छन् ।

टोयोटा फर्चुनर नेपाली बजारमा पनि टोयोटाको सफल एसयूभी हो । यसलाई नेपाली बजारमा यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top