भारतमा उत्पादन भएको ‘निम-जी’ इलेक्ट्रीक रिक्सा नेपालमा

काठमाडौं । विद्युतीय सवारीसाधनको प्रयोग बढ्ने क्रममा देखिएसँगै विभिन्न कम्पनीका सवारी साधन नेपाल आउन थालेका छन् । यहि क्रममा भारतको केरल वेस कम्पनी ‘निम-जी’को उत्पादन अटो रिक्सा नेपाली बजारमा प्रबेश गरेको छ ।

हिमालयन मोटररेडले निम-जीका इलेक्ट्रीक रिक्साको आधिकारीक विक्री भोलि पुस २८ गते आइतबारबाट गर्ने भएको छ । केरल अटोमोवाइल्स लिमिटेडले भारत बाहेक पहिलो पटक निर्यात गर्न लागेको देश नै नेपाल हो । साथै, कम्पनीले श्रीलंका, बंगलादेश र केन्यामा पनि निर्यात सुरु गरेको छ ।

हिमालयन मोटररेडले नेपालमा वार्षिक ५०० यूनिट अटो रिक्सा बिक्री गर्ने लक्ष्य लिएको छ । केरल अटोमोवाइल्स लिमिटेडले विगत १७ वर्षदेखि सवारी साधन उत्पादनमा काम गर्दै आएको छ । यस्तोमा कम्पनीले नेपाल ल्याउने इलेक्ट्रीक रिक्साले राम्रो बजार पाउने अपेक्षा गरिएको छ ।

कम्पनीले जर्मन टेक्नोलोजी प्रयोग भएको व्याट्री प्रयोग गरेको छ । उक्त व्याट्रीले एक पटकको फुलचार्जमा ८० देखि ९० किलोमिटर रेञ्ज प्रदान गर्ने छ । घरायसी बिजुलीबाट यसलाई ३ घन्टा ५५ मिनेटमा फुल चार्ज गर्न सकिने छ ।


Back_to_top