जाडोमा स्कुटर किन्दा ज्याकेट उपहार

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले जाडोमा स्कुटर किन्दा ज्याकेट उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले भेस्पा र अप्रिलिया दुबै ब्रान्डका कुनै पनि स्कुटर किन्दा अफिसियल विन्टर ज्याकेट प्रदान गर्ने जनाएको छ ।

मध्य जाडोको महिना सुरु हुनै लाग्दा कम्पनीले ज्याकेट उपहार दिने योजना ल्याएको हो । साथै, स्कुटर खरिद गर्ने ग्राहकलाई कम्पनीले अफिसियल किरिङ समेत उपलब्ध गराउने जनाएको छ ।

नेपाली बजारमा फरक लुक र पहिचानको रुपमा परिचित भेस्पा र अप्रिलिया विभिन्न भेरियन्टमा स्कुटरहरु उपलब्ध छन् । कम्पनीका अनुसार भेस्पाका स्कुटर विभिन्न ९ मोडलमा उपलब्ध छन् भने, अप्रिलियाका चार मोडल एसआर १५०, एसआर १५० रेस र एसआर १२५ र अप्रिलिया स्ट्रोम १२५ उपलब्ध रहेका छन् ।


Back_to_top