चन्द्रमामा चलाउन टोयोटाले बनायो यस्तो कार

काठमाडौं । जापानी अटो उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा चल्ने सेल्फ ड्राइभिङ्ग कार निर्माण गरेको छ । कम्पनीले तयार पारेको ‘जाक्सा लुनर रोभर’ नामको उक्त स्वचालित कार चन्द्रमामा चल्ने कम्पनीले जनाएको छ । यसमा बसेर १० हजार किलोमिटरसम्मको यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । टोयोटाले जापानको एरो स्पेश एक्सप्लोरेशन एजेन्सीको लागि उक्त कार निर्माण गरेको हो । 

यो कार सन् २०२९ मा चन्द्रमामा पठाउने योजना रहेको छ । टोयोटाले रोभरमा फ्युलसेल टेक्नोलोजीको प्रयोग गरेको छ । यसमा दिइएको ब्याट्री सौर्य उर्जाबाट चार्ज हुनेछ । यसको लम्बाई ६.० मिटर, चौडाई ५.२ मिटर र उचाई ३.८ मिटर रहेको छ । 

कम्पनीकाअनुसार यसको साईज दुईवटा माइक्रोबस बराबर हुनेछ । जसमा दुई जना मानिस सहजै यात्रा गर्न सक्छन् भने आपतकालिन समयमा चार जनासम्म बस्न सक्ने छन् । जाक्सा र टोयाटाले यसलाई २०२९ मा लन्च चन्द्रमामा सार्वजनिक गर्ने र सन् २०३० बाट ह्युमन मिसन सुरु गर्ने योजना बनाएका छन् ।


Back_to_top