यस्तो छ भारतमा टु–ह्वीलरको बिक्री, कस्को बजार हिस्सा कति ?

गत फेब्रुवरी महिनामा हिरो मोटो कर्पको व्यापार ०.८ प्रतिशतले घटेको छ । फेब्रुवरीमा हिरोले ६ लाख ६१६ यूनिट मोटरसाइकल तथा स्कुटरको बिक्री गरेको छ । कम्पनीले सन् २०१८ को फेब्रुवरी महिनामा  ६ लाख ५ हजार ३ सय ५५ यूनिट बिक्री गरेको थियो । कम्पनीको भारतमा कुल मार्केट शेयर ३७.१९ प्रतिशत रहेको छ । 

यस्तै, फेब्रुवरी महिनामा अघिल्लो वर्षको तुलनामा होन्डाको व्यापार १६.६ प्रतिशतले घटेको छ । टु ह्वीलर सेग्मेन्टमा कम्पनीले २५.३० प्रतिशत बजार हिस्सा ओगटेको छ । होन्डाले २०१९ को फेब्रुवरीमा ४ लाख ८ हजार ५५९ यूनिट बिक्री गरेको थियो भने, गतवर्ष सोही अवधीमा ४ लाख ८९ हजार ५३८ यूनिट बिक्री गरेको थियो । 

टिभिएसले भने अघिल्लो वर्षको तुलनामा ०.५ प्रतिशतले बिक्रीमा वृद्धि गरेको छ  । कम्पनीले भारतमा १४.३४ प्रतिशत मार्केट शेयर ओगट्दा फेब्रुअरीमा २ लाख ३१ हजार ५८२ यूनिट बाइक तथा स्कुटर बिक्री गरेको छ । उसले गत वर्षको फेब्रुवरीमा २ लाख ३० जार ३५३ युनिट बिक्री गरेको थियो । 

मार्केट सेयरका हिसावले चौथो स्थानमा रहेको बजाजले फेब्रुवरी महिनामा १ लाख ८६ हजार ५२३ यूनिट मोटरसाइकलको बिक्री गरको छ । गत वर्षको यही महिनामा भने उसले १ लाख ७५ हजार ४८९ यूनिट बिक्री गरेको थियो । कम्पनकिो समग्र व्यापार ६.३ प्रतिशतले बृद्धि भएको छ । हाल, बजाजले ११.२५ प्रतिशत मार्केट हिस्सा ओगटेको छ । 

यस्तै, यामाहाले भारतमा ४.०१ प्रतिशतले बजार हिस्सा ओगटेको छ । उसको फेब्रुवरीको बिक्रीसमेत ६.४  प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यो वर्षको फेब्रुवरी महिनामा  ६४ हजार ७९७ यूनिट  मोटरसाइकल र स्कुटर बिक्री गरेको छ भने, गत वर्षको फेब्रुवरी महिनामा ६० हजार ९७ यूनिट बिक्री गरेको थियो । 

अर्काे, मोटरसाइकल बिक्रेता कम्पनीले हार्लेडेभिड्सनको व्यापारमा भने भारी गिरावट आएको छ । कम्पनीको व्यापार ४८.४ प्रतिशतले घटेको हो । 


Back_to_top