काठमाडौं । जापानका दुई अटोमोवाइल कम्पनीहरु टोयोटा र सुजुकी मिलेर भारतीय बजारमा छुट्टा छुट्टै ब्याचमा धेरैवटा भेहिकल उत्पादन गरिसकेको छन् । दुई जापानी ब्राण्डको सहकार्य भारतीय बजारमा सफल भएको मानिन्छ ।
यी दुई ब्राण्डले थुप्रै नयाँ मोडलमा कारम गरिरहेको समाचारहरु बाहिर आएका छन् । यहि क्रममा यी दुबै ब्राण्डले मूल्यलाई विशेष ध्यानमा राखेर इलेक्ट्रीक माइक्रो एसयूभी मोडल बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्टहरु बाहिर आएका हुन् ।
भारत मूल्यमा निकै ‘सेन्सेटीभ मार्केट’ भएको र सुजुकीले सफलताको शिखर चुमेकै कारण यी दुई कम्पनीले सानो साइजको ह्याचव्याक ल्याउने तयारी गरेका हुन् । सन् २०२५ बाट बिक्री सुरु गर्ने योजना बनाएको उक्त इलेक्ट्रीक कारको ग्लोवल डेब्यू सन् २०२४ मा जापानमा हुनेछ ।
सुजुकीले भारतीय बजारमा २०२५ मा नै आफ्नो भीएफएक्स कन्सेप्टलाई उत्पादन मोडलको रुपमा ल्याउने जनाएको छ । योसँगै टोयोटासँग मिलेर बनाउने नयाँ कार पनि बजारमा आउने अनुमान गर्न सकिन्छ । टोयोटाले सुरुवातमा जापानमै नयाँ ईभी सार्वजनिक गर्ने र त्यसपछि अन्य अन्तर्राष्ट्रिय बजारमा प्रबेश गर्ने योजना बनाएको छ ।
टोयोटा बीजेड क्रसओभर कन्सेप्टसँग मिल्ने सानो एसयूभी आउने अनुमान गरिएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी ४ मिटरभन्दा छोटो साइजमा हुनेछ ।
टोयोटाको नयाँ ‘ईटीएनजीए प्लेटफर्म’मा बन्ने सानो ईभीको प्रतिकिलोमिटर इनर्जी खपत केवल १२५ वाटआवर मात्र हुनेछ । यो ईभीले फक्सवागेनको आईडी १ र हुन्डाईको माइक्रो एसयूभी ईभी मोडलसँग सिधा प्रतिस्पर्धा हुनेछ ।

