काठमाडौं । जापानी कार निर्माता कम्पनी टोयोटाले ल्याएको नयाँ यारिस भारतीय बजारमा पहिलो महिनामा नै ४ हजार युनिट बिक्री भएको छ । यसले कम्पनीको ओभरअल सेल्समा २० प्रतिशतले वृद्धि भएको भारतीय मिडियाले जनाएका छन् ।
किरोलर्सकर मोटर्सले मे महिनामा १३ हजार ९ सय ४० युनिट कार बिक्रीगर्दा ४ हजारभन्दा बढी यारिसको बिक्री भउको जनाइएको छ ।
मिड साइज सेगमेन्ट सेडान यारिसको सुरुवाती मूल्य ८ लाख ७५ हजारदेखि १४ लाख ७ हजार भारुसम्म रहेको छ । टोयोटा यारिस हाललाई १.५ लिटर भीभीटी–आइ पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । उक्त इन्जिनले १०७ पीएस र १ सय ४० एनएम टर्क दिन्छ । यारिसमा टू ट्रान्समिसन–६ स्पिड अटोमेटिक र ७ स्पिड म्यानुअल ट्रान्समिटस रहेको छ ।
यो यारिस पुरानो यारिसको तुलनामा निक्कै परिमार्जन गरि बजारमा ल्याइएको कम्पनीले जनाएको छ । नयाँ यारिस सुरक्षा फिचरमा विशेष जोड दिइएको छ । यो कारमा ७ वटा एसआरएस एयरब्याग रहेको छ । त्यस्तै यारिसमा एन्टि–लक प्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम, भेइकल स्ट्याविलिटी कन्ट्रोल, फ्रन्ट र रेयर पार्किङ सेन्सर तथा फोर ह्वील डिस ब्रेक लगायत विशेषता रहेको छ ।
टोयोटाको यारिसको पुरानो मोडल नेपाली बजारमा समेत उपलब्ध रहेको छ । टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले नयाँ यारिस पनि नेपाल भित्र्याउने जनाएको छ ।