बजाज-ट्राइम्फ स्पीड ४०० भारतमा सार्वजनिक, मूल्य २ लाख २३ हजार

काठमाडौं । बजाज अटोले बजाज–ट्राइम्फ सहकार्यमा उत्पादन भएको पहिलो मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले ट्राइम्फ स्पीड ४०० र स्क्रयाम्बल र ४०० एक्सको भारतीय बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले ट्राइम्फ स्पीड ४०० को सुरुवाती मूल्य २ लाख २३ हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

यो मूल्य पहिलो १० हजार यूनिटमा लागू हुने बताएको छ भने पछि यसको मूल्य १० हजार रुपैयाँले वृद्धि हुनेछ ।

कम्पनीले ट्राइम्फ स्क्रयाम्वलर ४०० को मूल्य भने सार्वजनिक गरेको छैन । ट्राइम्फ स्क्रयाम्वलर ४०० अक्टोवरमा सोरुम आइपुग्नेछ ।

कम्पनीले दुवै मोडलमा एउटै ३९८ सीसी क्षमताको डीओटीएच, लिक्वीट कुल्ड, फोरभल्ब, सिंगल सिलिन्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा ४० बीएच पावर र ६५०० आरपीएममा ३७.५ एनएमको टर्क जेनेरेट गर्नेछ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ ।

कम्पनीले दुबै मोटरसाइकलमा समान फिचरहरू दिएको जनाएको छ । स्पीड ४०० र स्क्रयाम ४०० मा ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्लीपर क्लच, एसिस्ट क्लच, राइड बाइ वायर टेक्नोलोजी, ग्रानुलर थ्रोटल मोडुलेसन, राउण्ड हेडलाइट, मिनिमल बडी पाउन सकिन्छ ।

त्यसैगरी, यी मोटरसाइकलमा ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी स्क्रीन, यूएसबी टाइप सी चार्जीङ पोर्ट, पूरै एलईडी लाइट्स, हिटेड ग्रीप, स्टेरिङ लक, एन्टि थेप्ट इमोबिलाइजर, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर छन् ।

स्पीड ४०० मा बार इन्ड मिरर, सिंगल टिप एगजस्ट र सिंगल सीट दिइएको छ भने स्क्रयाम ४०० मा ग्रील टेलर हेन्डलबार, नक्कल गार्ड, स्क्रयाम्बल स्टाइल डिजाइनमा ट्वीन टीप एग्जस्ट र स्प्लीट सीट रहेको छ ।


Back_to_top