काठमाडौं । भारतीय बजारमा ट्रायम्फ स्पीड टी-४ को मूल्य घटेको छ । कम्पनीले स्पीड टी-४ को अधिकतम खुद्रा बिक्री मूल्यमा १८ हजार भारतीय रुपैयाँले घटाएको हो ।
मूल्य कटौतीसँगै स्पीड टी-४ मोडलको मूल्य अर्को मोडल स्पीड ४०० भन्दा ४१ हजार रुपैयाँले कम भएको छ । भारतमा ट्रयाम्फ टी-४ को मूल्य १ लाख ९९ हजार भारतीय रुपैयाँ र स्पीड ४०० को मूल्य २ लाख ४० हजार ४०५ रुपैयाँ (एक्स शोरुम) रहेको छ ।
नेपाली बजारमा अहिलेसम्म उपलब्ध नरहेको ट्रायम्फ टी-४ मा डबल च्यानल एबीएस, मोनोशक सस्पेन्सन, यूएबी चार्जिङ पोर्ट जस्ता फिचर छन् ।
यसमा ३९८ सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । स्पीड ४०० मोडलको तुलनामा यसले केही कम पावर जेनेरेट गर्छ । स्पीड टी-४ को इन्जिनले ७००० आरपीएममा ३१ पीएस पावरका साथै ३६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
स्पीड टी-४ पर्ल मेटालिक ह्वाइट, कक्टेल वाइन रेड र फ्यान्टम ब्ल्याक गरी तीन कलर अप्सनमा उपलब्ध छ । कम्पनीले निकट भविष्यमै कम बजेटको स्क्रयाम्बलर टी-४ समेत ल्याउने जनाएको छ । यसअघि विभिन्न समयमा स्क्रयाम्बलर टी-४ परीक्षणको क्रममा देखिएको थियो ।
नेपालमा मूल्य र क्वालिटीका कारण निकै चर्चित ट्रायम्फका स्पीड ४०० र स्क्रयाम्बलर ४०० एक्स बिक्री हुँदै आएको छ । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले स्पीड टी–४ तत्कालै नल्याएपनि निकट भविष्यमा ल्याउन सक्ने मोडल हो ।


