टीभीएसको दोस्रो इलेक्ट्रीक मोडल अर्को हप्ता आउने

काठमाडौं । टीभीएसको दोस्रो इलेक्ट्रीक मोडल अर्को साता सार्वजनिक हुने भएको छ । कम्पनीले ल्याउने प्रिमियम इलेक्ट्रीक स्कुटर सिरोन कन्सेप्टमा आधारित हुनेछ ।

कम्पनीले २३ अगष्टमा यूएईको वुर्ज खलिफा टावरबाट नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ स्कुटर सार्वजनिक गर्ने मिति नजिक आएसँगै कम्पनीले टिजरहरु पनि बाहिर ल्याएको छ । बाहिर आएको टिजर अनुसार नयाँ स्कुटर सिरोन कन्सेप्टसँग मिल्दोजुल्दो देखिन्छ ।

टीभीएसले सन् २०१८ मा सिरोन कन्सेप्ट देखाएको थियो । स्पोर्टी डिजाइनमा रहेको सिरोनकै हेडल्याम्प र फ्रन्ट फेन्डर नयाँ सार्वजनिक टिजरमा देख्न सकिन्छ । यसले टीभीएसको नयाँ स्कुटर सिरोनमा आधारित हुने पक्का जस्तै छ ।

सिरोन कन्सेप्टमा १२ किलोवाट (१६ पीएस) पावरको मोटर जडान गरिएको छ । यसले मात्र ५.१ सेकेन्डमा ०-६० को स्पीड भेट्न सक्ने कम्पनीको दावी छ । यो १५० सीसी क्षमताको मोटरसाइकलहरु बराबरको पावर हो । कम्पनीले नयाँ स्कुटरमा यहि मोटर दिएको छ वा अर्को कुनै मोटरको प्रयोग गर्छ भन्ने जानकारी बाहिर आएको छैन ।

टीभीएससँग हाल आइक्यूको तीन भेरियन्ट उपलब्ध छ । कम्पनीले चाँडै आइक्यूबको सस्तो भेरियन्ट समेत ल्याउने तयारी गरिरहेको छ । टीभीएस आइक्यूव भारतमा धेरै विक्री हुने इलेक्ट्रीक स्कुटरको दोस्रो नम्वरमा रहँदै आएको छ ।


Back_to_top