काठमाडौं । टीभीएसले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले नगद ५० हजारसम्मको फाइदा लिन सकिने एक्सचेन्ज स्कीम ल्याएको हो ।
जगदम्बा मोटर्सले सुरु गरेको एक्सचेन्ज स्कीममा ग्राहकले मोटरसाइकल नकिन्दै १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । ग्राहकले अनलाइन मार्फत स्पीन गरेर १ लाखसम्म नगद छुट जित्न सक्नेछन् ।
मोटरसाइकल किनेपछि फेरी अनलाइनमार्फत मोटरसाइकलको सबै जानकारी हालेर स्पीन गर्दा ५ लाखसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज योजना अवधिभर टीभीएसका मोटरसाइकल र स्कुटर किन्ने ग्राहकहरु मध्यबाट एकजना ग्राहकले बम्पर उपहार स्वरुप १० लाख जित्न सक्नेछन् ।
टीभीएसले अहिलेसम्म कै सर्वाधिक एक्सचेन्ज बोनस पनि घोषणा गरेको छ । आफ्नो पुरानो मोटरसाइकल दिएर टीभीएसको नयाँ साधन किन्दा ५० हजार रुपैयाँ थप मूल्याङ्कन ग्राहकले पाउने छन् ।
कम्पनीले ल्याएको स्कीममा ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग टीभीएसको कुनैपनि नयाँ मोटरसाइकल साट्न सक्नेछन् । यसरी पुरानो मोटरसाइकलको बजार मूल्याङ्कनमा थप ५० हजार दिने कम्पनीले जनाएको छ ।
कम्पनीको यो एक्सचेन्ज योजनामा ग्राहकले २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल तथा स्कुटर किन्न सक्नेछन् । साथै, ब्याज नलाग्ने स्कीमसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


