काठमाडौं । केही समय अगाडि ब्लूटुथ फिचरसहितको स्मार्ट स्कुटर एनटर्क सार्वजनिक गरेको टीभीएस कम्पनीले पुनः युवापुस्तालाई आकर्षित गर्न स्टाइलिस ग्रेफाइट स्कुटर ल्याउने घोषणा गरेको छ ।
युवापुस्ताको माग र रुचीअनुसारको स्कुटर, बाइक निर्माण गर्दैआएको टीभीएस कम्पनीले २०१८ को अन्त्यमा स्टाइलिस ग्रेफाइट स्कुटर सार्वजनिक गर्ने जनाएकोे हो ।
दिल्ली मोटर–शो, २०१८ मा यो स्कुटरको अफिसियल टिजर सार्वजनिक गरिएको थियो । टीभीएस विशेषतः नवपुस्तालाई मध्यनजर गर्दै माेटरसाइकल र स्कुटर निर्माण गर्ने कम्पनीले जनाएको छ । यो स्कुटरमा नेभिगेशन सिस्टम तथा स्मार्टफोन इन्टीग्रेशन, कल अलर्टको अलवा इन्स्टुमेन्ट क्लस्टरको विशेषता उपलब्ध हुने छ ।
यो पनी पढ्नुस्ः स्मार्ट स्कुटर एनटर्क सार्वजनिक
१२५ सीसी गियर कोल्ड इञ्जिनमा आउने यो स्कुटरले ११.५ बीएचपी पावर दिन्छ । यसको टप स्पीड क्षमता १०३ किलोमिटर प्रतिघण्टा हुनेछ । यसको मतलब यो संसारमा बनेका फास्टेस्ट स्कुटरमध्ये पर्नेछ ।
यसमा ट्यूबलेस टायर्सको प्रयोग गरिनेछ, यसलाई भारतीय बजारमा २०१८ को अन्त्य वा २०१९ काे सुरुवातमा सार्वजनिक गर्ने अुनमान गरिएको छ ।