काठमाडौं । टीभीएस नेपालले नयाँ मोटरसाइकलको बिक्री थालेको छ । कम्पनीले ३ लाख २१ हजार ९०० रुपैयाँ मूल्य तोकेर अपाचे आरटीआर १६० टू भी अपडेटेड भर्सनको बिक्री सुरु गरेको हो ।
टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले नयाँ इन्जिनका साथै विभिन्न फिचरहरु थप गरेर आरटीआर १६० टू भी सार्वजनिक गरेको हो ।
टीभीएस अपाचे आरटीआर १६० टू भीमा १५९ सीसी, सिंगल सिलिन्डर, एफआई बीएस ६ इन्जिन दिइएको छ । उक्त इन्जिनले १५ पीएस पावर तथा १३.०८ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा अन्य अपडेटका रुपमा अल एलइडी लाइट, रेसिङ कन्सोलका साथै स्मार्ट कनेक्ट फिचर थप भएको छ । नयाँ कन्सोलमा रेसिङ डाटाका साथै कल/एसएमएस अर्लट जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।
यसका अलावा मोटरसाइकलमा अन्य परिर्वतन भने गरिएको छैन । यो मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन, रियरमा ट्वीन सस्पेन्सन, फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यो मोटरसाइकल ग्लस ब्ल्याक र मेट ब्लू गरि दुई कलर अप्सनमा उपलब्ध ।

